"चरम यौन आनन्द लिँदालिँदै दुई जोडी पक्राउ
त्यस्तै केहि दिन अगाडि इटहरीको पेरिस होटलमा रहेका पाचँ जनालाई पक्राउ गरि सार्बजनिक अपराध ऐन अन्तर्गतमुद्दा चलाइएको छ । पेरिस होटलमा आएका ग्राहकहरुको यौनसन्तुष्टि मेटाउने उदेश्यले होटल संचालकले युवतीलाई सम्पर्कमा राखेर यौन धन्दा चलाउने गरेको विशेष सुराकीकोआधारमा होटलमा छापा मार्दा उनीहरुलाई भेटिएको प्रहरीले बताएको छ ।
प्रहरीले बिहीबार इटहरी ८ स्थित संगीता होटलबाट दुई जोडिलाई पक्राउ गरेको छ । पक्राउ परेका चारैजनालाई पक्राउ गरि कारबाहीका लागि अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।
इटहरीको पश्चिम क्षेत्र र बसपार्कको वरपर संचालित होटलहरूमा युवती राखेर तथा सम्पर्कमा राखेर यौन धन्दामा लगाउने गरेको पाइएको प्रहरीले बताएको छ ।
युवतिहरुले एक पुरुषसँंग आधा घण्टा यौन सम्पर्क राखे बापत ४ हजार रुपैयाँसम्म लिने गरेको वताइएको छ । यस्तो मुल्य ग्राहक हेरेर तथा आकर्षक युवतीहेरेर लिने गरेको पाइएको प्रहरी बताउँछ ।source:taja khabar
