-कता हराए नायिका रेखाका ‘स्वीट हर्ट’ ?
मंगलवार, 3 चैत,
नायिका रेखा थापा सँधै चर्चामा रहन्छिन् । कहिले फिल्मका कारण त कहिले आफ्नै प्रेम सम्बन्धका कारण । कलाकारहरुसँगको झगडाका कारण पनि उनी चर्चामा रहन्छिन् । एकसमय एमाओवादीका अध्यक्ष प्रचण्डसँग नाचेर पनि उनी मिडियामा छाइन् ।
छवी ओझासँगको डिभोर्सका कारण मिडियामा छाएकी रेखा गत वर्ष नयाँ प्रेमसम्बन्धका कारण चर्चामा आइन् । प्रेमी सुदर्शन गौतमसँग उनी गाढा मायामा परेकी थिइन् । कतिसम् मभने रेखाले फसबुक वालमा नै माया पोख्ने गर्थिन् । ‘आइ लभ यु’ देखि किससम्म उनले सुदर्शनका लागि फेसबुक वालमा व्यक्त गरेकी छिन् । दुवै जनाले एक अर्काको प्रेम सम्बन्ध पनि स्विकार्दै बिहे गर्ने कुरा गरेका थिए । जुन कुरा मिडियामा निकै छायो ।
त्यसरी आफ्नो प्रेमलाई बाहिर ल्याउनुका पछाडी रेखाको एउटै स्वार्थ थियो, फिल्म हिम्मतवाली बिकाउने । उक्त फिल्ममा पैसा हाल्ने र हिरोका रुपमा खेल्ले व्यक्ति उनै सुदर्शन थिए । अमेरिकाको ग्रिन कार्ड भउका सुदर्शनले दुवै हात नभएपनि सगरमाथा चढेर कीर्तिमान राखेका थिए ।उनीहरुको प्रेमको चचाकै बीच हिम्मतवाली चल्यो । त्यस फिल्मले मध्यमखालको मात्र व्यापार ग¥यो ।
हिम्मतवाली हलबाट उत्रिएसँगै रेखा र सुदर्शनबीचको प्रेम पनि सेलायो । कहाँ हराए त सुदर्शन ? स्रोतका अनुसार रेखा र सुदर्शनबीच प्रेम सम्बन्ध संकटतर्फ अघि बढेको छ । सुदर्शन केही महिनायता अमेरिकामा छन् । कारण, केही युवाहरुले सुदर्शनलाई दुख दिन थालेका थिए । सुदर्शनले अमेरिका पठाइदिने भन्दै ती युवाहरुसँग पैसा लिएका थिए । तर अमेरिका गएकाहरु मेक्सिकोबाट फर्किए । उनले एक व्यक्तिबाट ७ लाखका दरले पैसा लिएका थिए १५ जनाबाट । उनले ती युवालाई पैसा फिर्ता गरेका छैनन् । त्यही घटनापछि सुदर्शन अमेरिका भागेका हुन् । उनी अमेरिका गएपछि रेखासँगको सम्बन्ध पनि चिसिएको छ । आजको दृष्टिमा खबर छ । source nepali aawaj
