"मोबाईलमा अश्लील फोटो र भिडियो राख्नुभएको छ ? होस गर्नुहोस्
काठमाडौं । केही महिनाअघि हलिउड अभिनेत्रीहरुका व्यक्तिगत र अश्लील तस्वीरहरु बाहिर आएपछि निकै हंगामा मच्चिएको थियो भने द्रुत गतिमा शेयर भएर हैरानी बेहोर्नु परेको थियो ।उनीहरुको फोन कसैले चोरी गरेर इन्टरनेटबाट तस्वीर सार्वजनिक भएको चर्चामा आयो । तर यसबारे अहिले आएर नयाँ तथ्य सार्वजनिक भएको छ। यो जमाना स्मार्टफोनको जमाना हो ।
धेरै मानिसहरुले आफ्ना व्यक्तिगत तस्वीरहरु पनि मोबाईलमा राख्ने गरेका छन् । कुनै कुनै मोबाईलमा यस्ता फोटाहरु अर्काले हेर्न नमिल्ने गरी लुकाउन सकिन्छ भने कुनैमा मिल्दैन ।उनीहरुले यस्ता तस्वीर वा भिडियो डिलिट गरेर सुरक्षित भएको महसुस गर्छन् । तर, यस्तो होइन किनकी तपाईको मेमोरी कार्डबाट डिलिट भएपनि डाटामा बसेको हुनसक्छ ।सबै स्मार्टफोन बोक्नेहरुले आफ्नो मेल ठेगाना राखेका हुन्छन् जसबाट ह्याकरहरुले सजिलै ह्याक गर्न सक्छन् ।
तपाई एन्ड्रोइड फोन बोक्नुहुन्छ भने त्यहाँ रहेको तपाईको जीमेलको माध्यमबाट फोन एकाउण्टमा घुसेर ह्याकरहरुले यस्ता सामग्री ह्याक गरिदिन सक्छन् ।केही सफ्टवेयर बनेका छन् जसलाई तपाई प्रयोग गर्नसक्नुहुन्छ । तर यस्ता सफ्टवेयर पनि पूरै विश्वसनीय छैनन् ।source:taja khabar
