"प्रचण्डसहित एमाओवादी नेताहरुले काठमाडौं छोड्ने



बैठक बोलाएका छन् । बैठकमा उनले आफ्नै नेतृत्वमा रहेको मोर्चाले घोषणा गरेको आन्दोलनलाई सफल तुल्याउन शीर्ष सहित सबै नेताहरु काठमाडौं बाहिर जाने रणनीति सार्वजनिक गर्ने तयारी गरेको एक नेताले बताए ।


आफ्नो नेतृत्वको मोर्चाले आम हडता सहितको कार्यक्रम सार्वजनिक गरेपछि प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रम र आन्दोलनको बारेमा विशेष निर्देशन दिने भएका हुन् ।

केन्द्रीय सदस्य धावा लामाका अनुसार आन्दोलनमा केन्द्रीय सदस्यहरको जिम्मेवारी तोक्ने कार्यक्रम रहेको बताए । उनले भने,‘अबको आन्दोलन पार्टीको जीवनमरणसँग जोडिएको हुनाले सोही अनुसार कार्यक्रम बनाउनको लागि बैठक बस्न लागेको हो ।’ प्रचण्ड नेतृत्वको मोर्चाले गत आइतवार नेपाल बन्ददेखि आमहडतालको दोस्रो चरणको आन्दोलनको घोषणा गरेको थियो ।

आजको बैठकमा प्रचण्ड, नेता डा. बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्ण बहादुर महरा लगायतका नेताहरुले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको एमाओवादीले जनाएको छ । एक नेताका अनुसार उपाध्यक्ष श्रेष्ठले आन्दोलनबाट भन्दा सहमतिबाटै अगाडि बढ्नु पर्ने पक्षमा आफ्नो भनाई राख्दै आएका छन् ।source:a2z khabar




प्रतिक्रिया दिनुहोस्...