"एसिड छ्याप्ने जीवनलाई भोलि अदालतमा उपस्थित गराइने



काठमाण्डौ चैत्र ७ राजधानीको बसन्तपुर नजिकै झोँछेमा  संगीता मगर र सिमा बस्नेतमाथि एसिड छाप्ने जीवन बिकलाई प्रहरीले भोलि अदालतमा उपस्थित गराउने भएको छ ।


काठमाडौं जिल्ला अदालतमा उनलाई म्याद थपका लागि उपस्थित गराइने महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका  प्रमुख एसएसपी पुस्कर कार्कीले जानकारी दिए । उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा चलाइदिने प्रहरीले तयारी गरेको छ ।

बिहिबारराती काठमाडौंको टोखाबाट पक्राउ परेका बिकलाई प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । पत्रकार सम्मेलनमा बेहोस भएका बिकलाई प्रहरी अस्पतालमा उपचार गरेर हिजै साँझ काठमाडौं प्रहरी परिसरमा राखिएको छ ।
श्रोत :- सेतोपाटी




प्रतिक्रिया दिनुहोस्...