.अस्पताल शय्याबाटै संगीता र सीमाको प्रश्न, ‘हामी त परीक्षामा पास हुन्छौं, प्रहरी–प्रशासन कहिले पास हुने ?’



काण्ठमाण्डु, ५ चैत–
अस्पताल शय्याछेउ सानो ¥याकमा माथिल्लो खण्डभरि औषधि, ब्यान्डेज र अरु खिद्रिमिद्री सामग्री छन् । तल्लो खण्डमा किताब–कापी । संगीता पुलामी मगरलाई हरेक पल ती किताब–कापीले आफूतिर तानिरहन्छन् ।

उनी चाहन्छिन्–ज¥याकजुरुक उठूँ, पाना पल्टाउँ र र पढ्न थालूँ, बिहीबार सुरु हुने एसएलसी परीक्षाका निम्ति । यही तन्द्रार्म कहिलेकाहीँ हात त्यसै तन्किँदो रहेछ, गोडा त्यसै लम्किन खोज्दो रहेछ । जब ज्यानको मन्द चालले नै आलो घाउ टन्किन थाल्छ, उनी झल्याँस्स हुन्छिन् । तन्द्रामै पलाएका सपनाका प्वाँख एक एक गर्दै भुइँमा र्झछन । संगीता काठमाण्डु मेडिकल कलेजको बेड नम्बर ४७४ मा फड्फडाउन थाल्छिन् । डाक्टर बन्ने धोको छ, संगीताको । कम्तीमा प्रथम श्रेणीमा एसएलसी पास गरेर साइन्स पढ्ने योजना बुनेकी छन् ।
यही योजनाले उनलाई बसन्तपुरको यो ट्युसन सेन्टरमा पु¥याएको थियो । जहाँ फागनु १० गते बिहान एक अपरिचितले कक्षाकोठाभित्रै उनीसहित सीमा बस्नेत र हेमु मुखर्जीमाथि तेजाब छ्यापे । हेमु त भागेर बच्न सफल भइन्, संगीता र सीमाको भने एसएलसी तयारी नै छेकियो । सरकारले अस्पताल शय्याबाटै यी दुईलाई एसएसली दिने व्यवस्था मिलाकाएको छ । तेजाबले जलेर गम्भीर घाइते संगीताका लागि यही शय्याबाट जाँच दिनु पनि कम्ता गाह्रो छैन । शरीरको वाया भागको मासु काटेर दाहिने खुट्टामा प्रत्यारोपण गरिएकाले उनी गलेकी छन् ।
घाउमा केही सुधार आए पनि पूरै निको हुन महिनौं लाग्ने डाक्टरहरुको भलाइ छ । घाउ जति गहिरो छ, उत्तैकै अग्लो छ संगीताको भारोसासाथ भन्छिन्, ‘म जसरी पनि एसएलसी दिन्छु र पास हुन्छु ।’ ‘एसएलसी तयारी निम्ति ट्युसन पढ्न जाँदा यस्तो चोट लाग्यो, अब एसएलसी नतिजा नै मलम बन्नेछ’, संगीताले भनिन् । उनीहरुले प्रश्न गरेका छन् उनीहरुले हामी त एसएलसीमा पास हुन्छौं तर प्रहरी र प्रशासन भने कहिले पास हुन्छ ? source:taja khabar




प्रतिक्रिया दिनुहोस्...