"लौन चिट चोराउन यस्तो हर्कत !



काठमाडौं । नेपालमा बिहीबारदेखि जारी एसएलसी परीक्षा मर्यादित र अनुशासित बनाउने विषयमा चिन्ता र बहस भइरहेका बेला छिमेकी मुलुक भारतको बिहारमा भने मेट्रिक परीक्षामा अचम्मको दृश्य देखा परेको छ । ‘शिक्षा नै भोलिको ज्योति’ तथा ‘आजका विद्यार्थी भोलिका देशका कर्णधार’ भनिएकाले होला शिक्षा राष्ट्रको प्राथमिताको विषय बन्ने गरेको छ । तर, भारतको बिहारमा विद्यार्थी र अभिभावकले चिट चोराउन अपनाएको हर्कत भने अहिले चर्चाको विषय बनेको छ ।


बिहारमा बुधबार अँग्रेजी र गणितको मेट्रिक परीक्षामा नक्कली विद्यार्थी मात्रै भेटिएनन् ४÷५ तलाको घरको बाहिरी भित्ताबाट चिट चोराउन युवाहरु उक्लिएको तस्विर सार्वजनिक भएपछि यसले चर्चा बटुलेको हो । अर्काे अचम्मको कुरा त के हो भने यस कार्यमा विद्यार्थी, अभिभावक मात्र होइन शिक्षक र विद्यालय नै संलग्न भएको कुरा ‘हिन्दुस्तान डट्कम’ले उल्ल्ेख गरेको छ ।

यो तस्विर सार्वजनिक भएसँगै बिहार विद्यालय परीक्षा समितिको धाँधलीरहित परीक्षा गराउने दावी हावामा उडेको छ । परीक्षामा अनियमितता गरेको आरोपमा दुई दिनमा एक हजार भन्दा बढी परीक्षार्थीलाई नियन्त्रणमा लिइएको छ ।
ग्रामिण क्षेत्रमा भएको परीक्षा केन्द्रको भवनको छत र भित्तामा चढेर चिट चोराएको देखिएको हो ।source:butal online




प्रतिक्रिया दिनुहोस्...