नायिका अरुणिमाले पाइन अमेरिकाको ग्रिनकार्ड, को-को लाने प्रक्रियामा छन् त?



२०७१ चैत २ गते
काठमाडौं । नेपाली रजतपटतकी चर्चित नायिका अरुणिमा लम्सालले एक वर्षको लामो प्रक्रियापछि संयुक्त राज्य अमेरिकाको ग्रिनकार्ड पाएकी छिन् । अरुणिमासंगै उनको तीन सदस्यीय परिवारले समेत ग्रिनकार्ड पाएको छ ।



ग्रिनकार्ड पाएपछि नायिका अरुणिमा चाँडै आफ्नो परिवारका साथ अमेरिका उड्ने तयारीमा छिन् ।
श्रीमान पक्षका सबै जसो परिवारका सदस्य अमेरिकामै भएकाले आफ्नो परिवारले पनि ग्रिनकार्डको लागि आवेदन दिएको र अमेरिकाले उक्त आवदेन स्विकार गरेको अरुणिमाले बताएकी छिन् ।
५२ वटा नेपाली फिल्ममा अभिनय गरेकी अरुणिमाले एकवर्ष अगाडी बैङ्करसँग बिहे गरेकी थिइन् । फिल्म क्षेत्रमा उनले १३ वर्ष काम गरेकी छिन् ।
सहकर्मी नायिकाहरु ऋचा घिमिरे, रञ्जना शर्मा, उषा पौडेल लगायत अमेरिकामा भएकाले पनि आफु नेपाल छोड्न तयार भएको उनले बताईन् ।
यसअघि नायिका ऋचा घिमिरे र निर्देशक शंकर घिमिरे दम्पतीले अमेरिकाको ग्रिनकार्ड लिइसकेका छन् । पूजा चन्द, साराङगा श्रेष्ठ, यूना उप्रेती, राजवल्लभ कोइराला पनि अमेरिकाको ग्रिनकार्ड होल्डर हुन् ।
उषा पौडेल, रञ्जना शर्मा, जिवन लुईंटेल, निरज बराल लगायत कलाकार ग्रिनकार्ड लिने प्रक्रियामा छन् । अमेरिकाको ग्रिनकार्ड पाएपनि अरुणिमाले नेपाली चलचित्र क्षेत्रलाई नछोड्ने बताईन् ।
अमेरिकामा सबै सहकर्मी मिलेर काम गर्ने उनको योजना छ । केही दिनमा अरुणिमा आफ्नो छोरीसहित अमेरिका उड्दैछिन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
source:taja khabar




प्रतिक्रिया दिनुहोस्...