"फेसबुक चलाउनेले अव यी नियम पालना गर्नु पर्ने
फेसबुकले अव सामाजिक सञ्जालमा के हाल्न पाइने र के हाल्न नपाइने भन्ने विषयमा नयाँ नियम सार्वजनिक गर्न गरेको छ ।
नयाँ नियम अनुसार फेसबुकले आफ्ना प्रयोगकर्ताहरुलाई के के कुरा पोष्ट गर्न पाइने र कस्ता तस्विरलाई अश्लिल मानिने भन्ने सबै जानकारी दिएको छ ।
फेसबुकले नयाँ मार्गनिर्देशनले प्रयोगकर्ताहरुलाई सहज पार्ने विश्वास लिएको छ । फेसबुकमा हाल १ दशमलव ४ अर्व प्रयोगकर्ता रहेको र अधिकाँशले कम्तिमा १ महिनामा १ पटक फेसबुक चलाउने तथ्याङ्कले देखाएको छ ।
यस अघि फेसबुकको मार्गनिर्देशनलाई विस्थापति गर्नका लागि ल्याइएको यो मार्गनिर्देश सबै प्रयोगकर्ताहरुलाई मेलमा पठाउने फेसबुकले जनाएको छ ।
यसले प्रयोगकर्ताहरुलाई अव फेसबुकमा अनावश्यक र अश्लिल लागेका पोष्ट वा तस्विरबारे उजुरी गर्न सक्ने सुविधा समेत हुन्छ । फेसबुकले हटाउनु पर्नेलाई तत्काल हटाइदिने र हटाउन पर्ने नलागेकोलाई हाम्रो नियम अनुसार हटाउन आवश्यक ठानेनौं भन्ने सन्देश प्रयोगकर्तालाई पठाइदिने छ ।
फेसबुकले कुनै कुनै संगठनलाई प्रतिबन्ध लगाउने छ भने आतंकवादी क्रियाकलापलाई सहयोग पुग्ने पोष्टको पनि परिभाषा स्पष्ट पार्ने जनाएको छ ।
फेसबुकले नग्न तस्विर र पोष्टमा सबै भन्दा बढी निगरानी गर्ने संकेत गरेको छ । फेसबुकले महिलाको पछाडीको भाग देखिने र स्तनको टुप्पो देखिने तस्विरलाई नग्न मान्ने छ ।
त्यसैगरी फेसबुकबाट यौनिक क्रियाकलाप सम्बन्धी पोष्ट तथा सन्देशको विषयमा पनि फेसबुकले स्पष्टरुपमा परिभाषित गर्दै नयाँ मार्गनिर्देश गरेको छ । यौनजन्य दुर्ब्यवहार हुने सामग्री पोष्ट गर्न र पठाउन समेत पाइने छैन ।
यद्यपी कुनै पनि महिलाले बच्चालाई दुध चुसाउँदै गरेको तस्विर भने फेसबुकमा राख्न पाइने छ ।
कुनै पनि ब्यक्तिलाई शारीरिकरुपमा आक्रमण गरिएका वा होँच्याउन खोजिएका पोष्टलाई पनि फैसबुकले प्रकाशित गर्न अनुमति नदिने भएको छ ।
साम्प्रदायिक हिंसा भड्काउने र प्रतिबन्धित विषयमा राखिएका पोष्ट पनि फेसबुकले प्रकाशित गर्ने अनुमति नदिने भएको छ । यद्यपी सामाजिक जागरणका लागि सन्देश भने प्रकाशित गर्न पाइने छ ।
फेसबुकबाट कुनै आपराधिक गतिविधी गर्न प्रतिबन्ध लगाइएको छ भने कुनै पनि घटनाका पीडितहरुलाई लक्षित गरेर राखिने नकारात्मक पोष्ट समेत प्रकाशित हुने छैन ।
source;nepali headline
