शाहरुख खान आज नेपाल आउँदै
बलिउड अभिनेता शाहरुख खान आज नेपाल आउने भएका छन् । नेरोल्याक पेन्ट्सले सञ्चालन गर्न लागेको वातावरण मैत्री सामाजिक अभियानको उद्घाटन गर्न खान नेपाल आउन लागेका हुन् ।
उनी निरोल्याक कान्साइ पेन्ट्सका ब्रान्ड एम्बेसडर पनि हुन् । खान आइतबार नै नेपाल आउने कार्यक्रम भए पनि टर्किश विमान दुर्घटनाका कारण रनवे जाम भएपछि आज नेपाल आउन लागेका हुन् ।
नेपालमा सबैभन्दा धेरै फ्यान भएको मानिएका बलिउड अभिनेता खान दिउँसो तीन बजे आफ्नो निजी विमानबाट काठमाडौं आइपुग्ने आयोजकले बताएको छ ।
राजधानी ओर्लिएलगत्तै शाहरुखले बौद्ध टुसालस्थित ह्यात होटलमा अभियानको उद्घाटन गर्नेछन् । उनले आयोजकले गर्ने पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने र साँझ पेन्ट्सका डिलरसँग डिनरमा सहभागी हुने कार्यक्रम रहेको पनि आयोजकले बताएको छ।
शाहरुखसँगको डिनरमा डान्स विथ डन स्किमका विजेताहरुले पनि भाग लिन पाउनेछन्। उनी राती १० बजे स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।source:taja kahabr
