संसारमा प्रेमबिनाको संसार कतै पनि केहि हुँदैन'..इन्‍दिरा जोशी



युवामाझ चर्चित छिन्, गायिका इन्दिरा जोशी। 'उध्रेको चोली', 'रातो घाँघर' जस्ता गीतले उनलाई श्रोतामाझ लोकप्रिय बनाएको छ। प्रेम र अफेयरको विषयलाई लिएर भने त्यति चर्चामा नआउने इन्दिरा अहिले कसैसँग प्रेमसम्बन्धमा नरहेको बताउँछिन्। इन्दिरासँग विनीता मरहठाले गरेको कुराकानीको मुख्य अंश :

पहिलो प्रेम?
संगीत

पहिलो प्रेम प्रस्ताव?
कक्षा ८ मा पढ्दा साथीमार्फत प्रेमपत्र आएको थियो। पछिचाहिँ रगतले लेखिएका पत्रहरू पनि आएका थिए।

कसैसँग प्रेम सम्बन्धमा हुनुहुन्छ?
छैन।

किन?
अनुकूल नै मिलेको छैन। परिवारको पनि चाहना छ तर मैले अहिलेसम्म कोही त्यस्तो मान्छे भेटेकै छैन।
कस्तो मान्छे?
यस्तै भन्ने छैन। कुनै सपना देखेर बसेकी छैन। आफूलाई बुझ्ने, पढेलेखेको मान्छे हुनुपर्छ।

कस्तो परिस्थितिमा माया गर्ने व्यक्ति चाहिन्छ?
उमेर पुगेपछि प्राकृतिक रूपमा नै कसैप्रति आकर्षित हुने चाहना हुन्छ। आफूलाई परिपक्व महसुस गरेपछिको समयमा कोही माया गर्ने व्यक्तिको आवश्यकता पर्छ।


प्रेम के रहेछ?
बाँड्ने चीज। जसलाई बाँड्ने र लिने दुवै खुसी हुन्छन्।

प्रेमको विषयमा आफ्नो नाम जोडेर चर्चा गर्दा कस्तो लाग्छ?
व्यक्तिगत कुरामा दक्खल दिएजस्तो लाग्छ। कामसँग सम्बन्धित कुरा नै बढी गर्न रुचाउँछु।

पुरुषको कुन कुराले आकर्षित गर्छ?
महिलालाई सम्मान गर्ने व्यक्तिले आकर्षित गर्छ। को व्यक्ति कस्तो छ भनेर भेट्नासाथ थाहा पाउँछु।

विवाहअघिको प्रेम कसरी सुमधुर बन्छ?
जब प्रेम हुन्छ तब समर्पणको भाव आफैं आउँछ। प्रेममा दुवैले एकअर्काको भावनाको कदर गर्नुपर्छ। पहिलो त माया नै हो। माया भएपछि अरू कुरा पछाडिका विषय हुन्।

मन पर्ने जोडी?
कुन्ती मोक्तान र शिलाबहादुर मोक्तान।

प्रेमबिनाको संसार?
प्रेमले नै जीवन चलेको छ। प्रेमबिनाको संसार हुँदैन। source tajakhabar




प्रतिक्रिया दिनुहोस्...