"आज मिति २०७१ साल चैत ७ गते शनिवार आनुसार तपाइको राशिफल यसप्रकार छ:-



मेष (चू चे चो ला ली लु ले लो अ)

सोचहरु अधुरै रहलान् । आत्मा शक्ति कमजोर रहँदा हातमा आएको धन पनि गुम्ने भय रहेको छ । शारीरिक रुपमा थकित अनुभूति हुनेछ । सार्थक कार्य नहुँदा सपनाहरु अधुरै रहने छन् । धन सम्बन्धी विवाद अरु गहिरिएर जाने योग रहेको छ ।

वृष (इ उ ए ‌ओ वा वी वु वे वो)

आर्थिक पाटो मजबुत होला । पारिवारिक उच्च सम्बन्ध स्थापित हुनेछ । कुटुम्बेली साइनो मजबुत हुने देखिएको छ । सानो प्रयास तपार्इको लागि ठुलो उपयोगी सिद्ध हुनेछ । आरोपप्रत्यारोपबाट भने टाढा रहेको बेश हुनेछ । आयश्रोतका बाटा फराकिला हुने छन् ।

मिथुन (का कि कु घ ङ छ के को हा)

रमाइला प्रसङ्गमा रम्न मन लाग्ने छ । विवादहरुको समाधान सजिलै निस्कने छ । विद्या र बुद्धिको सहि प्रयोगबाट अघि बढ्न सहज हुनेछ । कार्य क्षेत्र सम्बृद्ध हुनेछ । गुमेको धन हात लाग्ने छ । काममा उत्साह र जाँगर थपिने छ ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)

समय प्रतिकुल रहँदा पनि धैर्य धारण गर्ने शक्ति प्रवल हुनेछ । मानसिक तनावमुक्त हुने उपाय सफल हुनेछ । परीक्षा प्रतियोगिताको परिणाम शुभ आउने छ । बैदेशिक कारोवार फलदायी हुनेछ । कम मेहनतबाट राम्रो प्रतिफल हात पर्नेछ ।

सिंह (मा मि मू मे मो टा टी टु टे)

ख्याल ख्यालमै धन गुम्ने भय रहेको छ । मित्रतामा समस्या देखिने छ । विचारमा अस्पस्टता र काममा आलस्यताको कारण सोचेको काम अधुरै रहला । स्वास्थ्य प्रतिकूल हुने देखिएको छ । अपरिचित व्यक्ति सहयोगी भएर आउने छन् ।

कन्या (टो प पी पु ष ण ठ पे मो)

शिपमूलक कार्यमा लागे कमाइका श्रोत बढ्नेछन् । खेतीपातीको काम फस्टाउने छ । विवादित कार्यको छिनोफानो हुनेछ । परदेशको बास हुनेछ । इमान्दारिताको कदर नहुने एवम् बोली नबिक्ने समय रहेको छ । तर ब्यापार भने शुभ रहने छ ।


तुला (र री रु रे रो ता ती तू ते)
सोचहरु अधुरै रहलान् । मानसिक तनावले बन्न लागेको काम बिग्रने भय रहने छ । मित्रको असहयोग र शारीरिक समस्या मुख्य चिन्ताको बिषय हुनेछ । अपरिपक्व निर्णयले सताउने छ । विवाद मुक्त हुने उपाय असफल हुने छन् । आयश्रोत कमजोर हुने छन् ।


वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
समय केही अपरिपक्व रहेकोले सोचेर मात्र बोल्नु उपयुक्त हुनेछ तर दिनको मध्यबाट भने कार्य सिद्धि योग रहेको छ । काममा भाग्यले साथ दिनेछ । भनाइ र गराइमा तालमेल हुनेछ साथै कामको जस पाइने छ । मेसिनरी बस्तुको प्रयोगबाट राम्रो आम्दानी हुनेछ ।


धनु (य यो भा भी भू ध फा ढ भे)
बेमौसमी बस्तुको ब्यापारले लाभ दिनेछ । नसोचेको मान्छेको सहयोग पाइने छ । आर्थिक कार्यमा पारदर्शी बनिने छ । परीक्षामा राम्रो नतिजा ल्याउन सफल भइने छ । सबैको सहयोगी भएको कारण सहयोग बढ्ने छ । रमाइला प्रसङ्गमा धन खर्च होला ।


मकर (जो जा जी खी खू खे खो गा गी)
ब्यापारमा लगानी हुने योग रहेको छ । आर्थिक कारोवार सफल हुनेछ । न्यायिक काममा ग्रहले साथ दिनेछ । सहि समयमा गरेको सहि निर्णयले तपार्इलाई अग्रणी बनाउने छ । मान सम्मान प्रतिष्ठा पाइने ग्रह योग रहेको छ । आयका स्रोत बढ्ने छन् ।


कुम्भ (गू गे गो सा सी सु से सो द)
अरुको भर पर्दा तपार्इको आयश्रोत गुम्ने छ । साहसिक काममा गरेको लगानी खेर जाने छैन ।भनाइ र गराईमा एकरुपता आउने छ । लामो समयबाट प्रतिक्षित कार्य सम्पन्न हुनेछ । मित्र बन्धु आफ्नो सहयोगका लागि तयार हुने छन् । शिक्षामा रुची हुनेछ ।


मीन (दि दू थ भ ञ दे दो चा ची)
समय आफू अनुकूल बनेर आएको छ । सामाजिक काम सोचे अनुसार प्रतिफल दिन सक्षम रहेको छ । अपरिवर्तित मन अचानक परिवर्तन हुनेछ । गुमेको धन हात पर्ने देखिएको छ । न्यायिक कार्य विशेष सफल हुने ग्रह योग रहेको छ । शुभ समाचार सुन्न पाइने छ ।





प्रतिक्रिया दिनुहोस्...