.प्रधानमन्त्रीको बेडबाट फेरी ६ करोड गायव, ढकालले चोरेको प्रधानमन्त्रीको आशंका



काठमाडौ ।
प्रधानमन्त्री सुशील कोइरालाको बेडरुपबाट फेरी ६ करोड रुपैयाँ चोरी भएको छ । ९ महिनाअघि महाराजगन्जको निवासबाट १२ लाख रकम चोरी भएको थियो । पहिले अमेरिका उपचारका लागि संचित  १२ लाख रकम चोर भएको थियो भने, अहिले आसन्न पार्टीको महाधिबेशनलाई लक्षित गरी संकलन गरेको ६ करोड रुपैयाँ गायव भएको छ । महाधिबेनलाई लक्षित गरी संकलन गरेको रकम पूर्वस्वकीय सचिव लक्ष्मण ढकालले चोरी गरेको कोइरालाले एक कांग्रेसका प्रभावशाली नेतालाई बताएका छन् ।



प्रधानमन्त्री कोइरालाको सरकारी निवास बालुवाटारबाट ६ करोड रकम चोरी गरेको हो । रकम पूर्वस्वकीय सचिव ढकालले नै चोरी गरेको निस्कर्षमा कोइराला पुगेका छन् । पुनः पार्टी अध्यक्ष हुन खोजेका कोइरालाले पार्टी महाधिबेशनका लागि रकम जम्मा गरेका थिए । वालुवाटारको बेडरुमबाट पूर्वसचिव ढकालले रकम चोरी गरेको गुनासो आफु निकटका कांग्रेस नेतासँग कोइरालाले गरेका छन् । केही दिनअघि प्रधानमन्त्री कोइरालाले कांग्रेसका एक प्रभावशाली नेतासँग ढकालले ६ करोड रुपैयाँ लगेको बताए । ‘हेर्नुस न पार्टीलाई भनेर अलिअलि पैसा जम्मा गरी राखेको थिएँ, त्यो पनि लक्ष्मणे डाँकाले जम्मै लगिदियो’ प्रधानमन्त्रीले प्रभावशाली नेतासँग यस्तो गुनासो गरेका थिए । प्रधानमन्त्रीको गुनासो सुनेपछि ती कांग्रेस नेताले प्रश्न गरेका थिए ‘कति पैसा लगेछ लक्ष्मणले ?’ कोइरालाले जवाफ दिए  ‘६ करोड मात्र हो ।’
कोइरालाको बेडबाटै पहिले १२ लाख र पछि ६ करोड हराएपछि त्यसको दोष पूर्वस्वकीय सचिव ढकालमाथी लगाउदै आइएको छ । १२ लाख रकम हराउँदा ढकाल स्वकीय सचिव भएपनि ६ करोड हराउँदा बेडको चावी मृदुला कोइरालासँग रहने गरेको छ ।
ढकाल स्वकीय सचिवबाट हटाइएपनि उनी बारम्वार प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटार गइरहन्छन् । महाराजगन्ज र बालुवाटारमा राखेको दुवै रकम उनले चोरीको गरेको आरोप ढकालमाथी लाग्न थालेको छ । तर ढकालले स्वकीय सचिवबाट हटाइएपछि पहिले चोरी भएको १२ लाख रकम कोइरालाकै आफ्न्तले चोरेको आरोप लगाएका थिए ।
जनआस्थाका अनुसार प्रधानमन्त्री कोइरालाले आसन्न पार्टीको महाधिबेशनलाई लक्षित गरी रकम जम्मा गरेको रकम हराएपछि तनावमा परेका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
source nepali aawaj




प्रतिक्रिया दिनुहोस्...