फेसबुकमा ट्याग गरेर हैरान भो ? यसो गर्नुस्
फेसबुक आम सामाजिक सञ्जाल माध्यम बनिसकेको छ । पछिल्लो समयमा फेसबुकबाटै सबै जानकारी दिने चलन पनि छ । तर फेसबुकमा कतिपय कुरा भने दिक्क लाग्दा पनि छन् । कतिपय अवस्थामा त अश्लिल सामग्रीमा समेत ट्याग गरिदिने प्रवृत्ति समेत देखिन्छ ।
तपाइँले नचाहेको सामग्री वा तस्विरमा तपाइँलाई ट्याग गरेर हैरान हुनु भएको छ ? छ भने नआत्तिनुस् तपाइँलाई मन नपरेका तस्विर वा सामग्रीलाई रोक्न गाह्रो छैन ।
फेसबुकको सेटिङमा जानुस् । सेटिङ विकल्पमा गैसकेपछि Timeline and Tagging भन्ने विकल्प देखिन्छ । त्यसमा गएर How can I manage tags people add and tagging suggestions मा क्लिक गर्नुहोस् ।
यस भित्र पनि Who sees tag suggestions when photos that look like you are uploaded भन्ने विकल्पमा क्लिक गरेपछि त्यहाँ विस्तृत विवरणसहितको पेज देखिन्छ । त्यसमा तपाइँले जसलाई ट्यागको लागि कसलाई अनुमति दिने र नदिने भन्ने छान्न पाइन्छ ।
उक्त विकल्पमा No-one भन्ने विकल्प रोजेपछि अव तपाइँको पेजमा कसैले पनि फोटो वा अन्य सामग्री अपलोड गर्न सकिँदैन ।
source:nepali headline
