"मलेसियामा मान्छे जिउदै, नेपालमा काजकिरीया गर्ने तयारी
कहिले काही सामाजिक सन्जालामा हतार गरेर कसैको घट्ना दुर्घट्नाको फोटो राख्दा भोली कस्तो अवस्था आउछ सोच्नु पर्ने हुन्छ । नसोचेमा कसैको जिन्दगी वा परिवारमा ठुलो चोट पुग्न सक्छ । यस्तै चोट पुगेको छ जगतिपुर २ जाजरर्कोटका उपेन्द्र बिकको घरमा ।
२८ महिना पहिले मलेसियाको एक कम्पनिमा सामान्य कामदारको रुपमा भित्रीएका कृष्णसँग अर्को कम्पनिका एक नेपाली सुरक्षा गार्ड सँग झगडा पर्यो । खड्का थरका ति गार्ड्ले तँ ठुलो बन्ने भनेर एक्कासि मारिदिने धम्की दिए उनलाई । फेब्रुअरी २० तारिक उनलाई तेरो भोली काम छैन भनेर काम गरेको ठाउमा नै थुनिएर बाहिरबाट ताल्चा लगाइदिए । त्यस दिन उनलाई ४ तलामा लगि करेन्ट लगाएर छाडियो । भुइमा छट्पटाए पछी अब यो २ दिन भित्र मर्छ भनेर उनिहरु त्यहाँबाट गए । बिहान उनि होसमा आए उनिहरु धेरै मान्छे जम्मा भई सकेका थिए । उनिहरु मध्य कसैले टाउको काटेर फाल्नु पर्छ कसैले होईन छ्तबाट खसाल्नु पर्छ भने ।
उनि मर्ने भैसके पछी उनले मेरो घरमा सानो बच्चा श्रीमति छ भनेर रोए, अनुरोध गरे मानेनन् । त्यसो भए आफुलाई जिउदै होईन काटेर फाल भने । सुरुको गार्डले यसको कम्पनी छ नमारौ भने पनि एक जनाले टेबलमा भएको दाउले टाउकोमा हान्यो । अर्कोले जिम गर्ने सामानले हान्यो र त्यस पछी उनलाई केहि थाहा भएन ।
अस्पतालको व्हिल चीयरबाट बाहिर निस्कदा आफु कहाँ किन आएको केहि सोच्न सकेनन उनले । खाली खुट्टामा उनि हिडेर कता पुगे रोडमा सुते, भोकभोकै १० ÷१२ दिन बिताए ।
चोकेर भन्ने ठाउमा एउटा भ्यानले १० रिङ्गगेट दिए पछी कोतारायामा आए र एक रात मेडिन बसपार्कमा सुते । त्यहाँको ट्याक्सी ड्राइभरले उनको हालत देखेर ६ रिङ्गगेट दिए पछी खाना खाए उनले ।
काजी थापा भन्ने साथिलाई भेटेर उनको मार्फत नेपालमा दाइ सँग सम्पर्क भए लगत्तै उनीलाई दाईले खर्च पठाएर केहि समयपछि घर फर्कदै छन बिक । मार्च ४ तारिक कोताराया आइपुगेका बिकले त्यस दिन फोन नगरेको भए उनको काजकिर त्यहि दिन बस्ने तयारी गर्दै थिए ।
कोतारायाको भान्छा घरमा भेटिएका बिकको निधार देखी टाउकाको बिच भाग सम्म करीब २० टाँका, पछाडी भागमा ३ ठाउमा करीब १५ टाका लगाइएको छ । फेस बूक कारण पहिले नै नेपालमा लास झिकाइ दिन भनेका उनका दाइले खबर पाए पछि ७७ हजार ५ सय रुपैया पठाएर जिउँदो भाईलाई नेपाल झिकाउने तयारीमा छन् ।
यी लक्का जवान बिक मरिसकेको भनेर किरीया गरिसकेको र दुताबास लाई लास घर पठाइ दिन अनुरोध गरेको र दुताबासले अहिले डकुमेन्ट मात्र बनाएर पठाउन लागेको हो होईन भन्ने बारेमा जानकारी लिदा दुताबासका द्धितीय सचिब उत्तम शाहिले कन्सुलरबाट मरेको भन्ने खबर आएको तर यहाँ बुझ्दा उसको साथिले जिउँदै यहाँ ल्याए पछी डकुमेन्ट तयार गरी छिट्टै घर जान लागेको जानाकारी दिनु भयो ।
- source : newsonline
