'यसरी भयो १३ वर्षपछि रानीबारी हत्याकाण्डको पर्दाफास



काठमाडौं,चैत ३ – रामेछापका प्रमेश चौहानले करिब नौ वर्ष कारागारमा बन्दी जीवन बिताए । त्यस अवधिमा त्यहाँ धेरी किसिमका अपराधमा सजाए पाएका कैदीहरुसँग उनको संगत भयो । २० वर्षकै उमेरमा कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जेल सजाय पाएका चौहान फूर्तिलासमेत रहेकाले थोरै समयमै जेलका रमणीय नाइके भए । त्यसको केही समयपछि भाइ नाइके बने । अनि नाइके हुँदै नौ वर्ष जेल बिताइसक्दा आचरण सुधारको सुविधामा उनले जन्मकैदको सजायबाट उन्मुक्ति पाए ।
केन्द्रीय कारागारमा रहँदा उनले पटक–पटक रानीबारी प्रसंग निकाल्ने गरेको र बाहिर गएपछि पनि त्यस्तै गर्ने गरेको सोचाइ राखेको सुराकी नेपाल प्रहरीले गत असोजमा पायो । त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले सो सम्बन्धमा अनुसन्धान गर्न डीएसपी भीम दाहालको नेतृत्वमा टोली बनाएर खटायो । सोही टोलीले रानीबारीको अनुसन्धान गरिरहँदा सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम हत्याकाण्डको सुराकी फेला पारेर उता मोडिएपछि केही ढिला भएको थियो । धनुषा प्रहरीले चोरी काण्डको अनुसन्धान गर्दा न्यायाधीश बमको हत्याको सुराकी फेला परेपछि दाहाल नेतृत्वको टोली सर्लाही र धनुषा पुगेको थियो सोही क्रममा रानीबारी हत्याकाण्ड केही समय पर सरेको हो । प्रहरी स्रोतका अनुसार अनुसन्धान टोलीले सुरुमा प्रमेशको पिछा गर्न थालेको थियो । त्यही क्रममा म्यानपावर व्यवसायी लीलामाया गिरीलाई हत्या गर्न लगाउने उनकै श्रीमान् सीताराम रेग्मीको समेत सुक्ष्म अध्ययन गर्न थालिसकेको थियो । लीलामायाको हत्या प्रकरणमा मनराज गुरुङ डेढ वर्ष सजाय पाएर निस्केको र घटनाको सबै जिम्मेवारी प्रमेशले लिएको भन्ने तहसम्म पुगेपछि एक महिनाअघिदेखि प्रहरी मनराजको पिछा गर्न थालेको थियो । एक महिनाअघि सीआईबीमा कार्यरत एक प्रहरीले मनराज र प्रमेशसँग दोस्ती बढाउँदै गएका थिए । सीआईबीले खटाएको प्रहरी मनराज र प्रमेशको निकै मिल्ने साथीमध्येमा परेपछि गुन्डागर्दी गर्न र हप्ता असुली गर्ने तहसम्मको योजनामा संलग्न हुने गरे । यसै क्रममा ठूला आपराधिक घटनामा आफू संलग्न रहेको बताउँदै जाँदा मनराजको पुरानो फोटोसमेत हात पारे । त्यतिले मात्रै होइन,प्रमेशसँग जेल बसेका व्यक्ति पनि प्रहरी र मनराजका मिल्ने साथी भए । उनीहरुले धेरै पटक सँगै मदिरा पान गरे । सहरमा ठूला आपराधिक घटनाको विषयमा आफू प्रहरीबाट बच्न सफल भएको फूर्ति पनि लगाए । मनराजले पनि रानीबारी घटना आफैंले गरेको भए पनि अहिलेसम्म प्रहरी उल्टो बाटो हिँडिरहेको एक पटक होइन,पटक–पटक बताएपछि प्रहरीको निसानामा परेका हुन् ।source:mix khabar 




प्रतिक्रिया दिनुहोस्...