"तपाइँको प्रेमिकाले तपाइलाई साचो माया गर्छ कि गर्दैन यसरी थाहा पाउनुस्



जोडीहरु एक अर्कालाई सोध्ने गर्छन् । 'के तिमीले मलाई साँच्चिकै मायाँ गर्छौं ?' यो आम प्रश्न हो । अव भने यो प्रश्न सोध्ने झन्झट गर्नु नपर्ने भएको छ ।
अव तपाइँको जीवनसाथीले तपाइँलाई प्रेम गर्छ कि गर्दैन भन्ने पत्ता लगाउन सकिने भएको छ । चीन र अमेरिकाको न्यूयोर्क युनिभर्सिटीका शोधकर्ताहरुले प्रेमी प्रेमिका वा पति पत्निबीच प्रेम भए नभएको पत्ता लगाउन सकिने प्रविधीको आविस्कार गरेको दावी गरेका हुन् ।



यो प्रविधीबाट एक अर्काको प्रेम मापन गर्न सकिने उनीहरुको दावी छ ।

उनीहरुले एक एमआरआइ गरेर मानिसको दिमागको त्यो भागको जाँच गर्नेछन् जो प्रेमको समयमा अधिक सक्रिय हुन्छ । प्रेममा भएको समयमा सक्रिय हुने मस्तिस्कको उक्त भाग जाँच गरेर कसले कसलाई कति प्रेम गर्छ भन्ने जाँच्न सकिने शोधकर्ताहरुको दावी छ ।


कुनै पनि ब्यक्तिको मनमा कुनै ब्यक्तिप्रति प्रेम छ भने उक्त ब्यक्तिलाई भेट्दा दिमागको उक्त भागमा भावनात्मक नियन्त्रणको प्रक्रिया देखिने र सक्रियताका आकारमा प्रेम मापन गर्न सकिने शोधकर्ताहरुले बताएका छन् ।

यो शोध फ्रन्टियर्स इन ह्यूमन न्यूरोसाइन्स जर्नलमा प्रकाशित गरिएको छ ।source: nepali headline






प्रतिक्रिया दिनुहोस्...