"किन गरिन भोजपुरी पपस्टार सिंहकी पत्नीले आत्महत्या ?



भोजपुरी फिल्मका महसुर गायक तथा कलाकार पवन सिंहकी श्रीमतीले आत्म हत्या गरेकी छिन्। मुम्बइको अम्बोली स्थित आफ्नै घरमा शनिबार राति झुन्डिएर उनले आत्महत्या गरेकी हुन्। उनले किन आत्महत्या गरिन् भन्ने विषय अझै खुल्न सकेको छैन।



पवन सिंहको विवाह चार महिना अघि निलम सिंहसँग भएको थियो। विवाहको यति छोटो समयमै किन उनले आत्महत्या गरिन् भन्ने विषय अहिले सबैतिर चर्चा पाएको छ। धुमधामसँग गरिएको सो विवाहमा कैयौं हस्तीहरुले समेत सहभागिता रहेको थियो। पोष्टमार्टमका लागि उनको शव कूपर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीले उनको आत्महत्याको कारण पत्ता लगाउन अनुसन्धान गरिरहेको बताएको छ । पोष्टमार्टमको रिर्पोर्ट आयो भने अनुसन्धानका लागि सहज हुने प्रहरीको विश्वास छ। रिर्पोर्ट आउन केही समय लाग्ने अस्पतालले जनाएको छ। source;taja khabar




प्रतिक्रिया दिनुहोस्...