बलात्कारका आरोपीलाई गाउँलेले कुटेर मारे (फोटो फिचर)



भारत पश्चिम बंगालस्थित राजानगरमा बलात्कार र हत्याको आरोप लागेका ३ जनालाई गाउँलेहरुले निर्मम कुटपिट गरेका छन् । स्थानीय एक युवतीको बलात्कार गरी हत्या गरेको अभियोगमा ६० वर्षीय रतन शाह र उनका २ सहयोगी युवकलाई गाउँलेले निर्मम कुटेका हुन् । तीन जनामाथि ७ वर्षीय वालिकाको वलात्कार गरेर उनलाई झुण्ड्यार मारेको अभियोग लागेको थियो । गत बुधबार स्थानीय वालिका हराएपछि गाउँलेहरुले खोजी गर्दा उनको शव झुण्डिरहेको अवस्थामा फेला पारेका थिए ।


उनको कपडा पनि खोलिएको र शरीरमा अन्य घाउ पनि देखेपछि गाउँलेहरुले वालिका वलात्कृत भएको चाल पाएका थिए । त्यसपछि गाउँमा महिलाहरुलाई दुर्व्यवहार गर्ने गरेका स्थानीय तान्त्रिक रतन शाह र उनका सहयोगीले यो कृत्य गरेको निष्कर्षमा पुगे । उनीहरुले ३ जनालाई मराणसन्न हुने गरि पिटेका थिए । विहीबार पुलिस घटनास्थलमा पुग्दा ३ जना बेहोस अवस्थामा सडकमा लडिरहेका थिए । अस्पताल पुर्याएको केही समय पछि ६० वर्षका साह मृत घोषित भए भने अन्य २ को अवस्था पनि गम्भीर छ । पीडित बालिकाका काका समिर बुरमानले यो प्रतिशोधको घटना भएको बताए । वालिका वलात्कृत भएको थाहा पाएपछि गाउँले मिलेर तीन जनालाई कुटेको उनले बताए । भारतमा निरन्तर जस्तै यस्ता वलात्कारका घटना हुँदै आएका छन् । अघिल्लो वर्ष दिल्लीमा एउटा बसमा भएको बलात्कारको घटनामा युवतीलाई प्रेमीका अगाडी बलात्कार गरेर मरणासन्न तुल्याइएको थियो । ती युवतीको निधन भएपछि भारतभर त्यसविरुद्ध प्रदर्शन भएको थियो । source;taja khabar




प्रतिक्रिया दिनुहोस्...