Sex and Health
»
"बलत्कृत महिलाको योनी को सल्यक्रिया गर्दा डाक्टरले पनि मस्त ब्लु फिल्म हेरेर यस्तो गरे पछि...
"बलत्कृत महिलाको योनी को सल्यक्रिया गर्दा डाक्टरले पनि मस्त ब्लु फिल्म हेरेर यस्तो गरे पछि...
वेलायत, वेलायतका तीन जना न्यायाधीशले आफ्नै कार्यकक्षमा पोर्न सामाग्री हेर्दा जागिरबाट हात धुनु परेको समाचार सेलाउन नपाउँदै अष्ट्रेलियामा एक चिकित्सकले पोर्न सामाग्री हेर्दै बिरामीको शल्यक्रिया गरेका छन् । बिरामीको शल्यक्रिया जस्तो अतिसंवेदनशील कार्यगर्दा पोर्न सामाग्री हेर्न ति भारतीय मुलका चिकित्सकको उक्त कार्यमा अहिले चर्चाको विषय बनेको छ ।
अस्ट्रेलियाको राजधानी मेलबर्न स्थित एक अस्पतालमा सन् २००८ मा भएको शल्यक्रिया गर्दा चिकित्सक राकेश कालराले पोर्न तस्वीरको प्रयोग गरेका हुन् । मेलबर्नमै हालै भएको शल्यचिकित्सकको सम्मेलनका क्रममा मात्र उनले उक्त कुराको खुलासा गरेका न्यूज डट कम डट एयुले जनाएको छ । बलात्कार पीडित एक महिलाको उपचारका क्रममा उनले यस्तो विधिको प्रयोग गरेका हुन् । बलात्कारका क्रममा ती महिलाको योनीमा घाउ लागेको रहेको र क्षतविक्षत भएको ति चिकित्सकले बताएका छन् । अस्पतालमा ती महिलाको योनीलाई सर्जरी गरेर पूरानै सामान्य अवस्थामा पूराउनुपर्ने चुनौतिका रुपमा चिकित्सक कालराको सामु थियो । त्यसपछि उनले अपरेसन कक्षमा विभिन्न कोणबाट खिचिएका योनीका तस्वीरहरु आफ्नो अगाडि राखे । उनले ती तस्वीरहरुलाई ध्यानपूर्वक हेर्दै योनीको वास्तविक आकार प्रकार बुझ्दै ती महिलाको शल्यक्रिया अघि बढाए । उनले बलात्कारका क्रममा च्यातिएको महिलाको यौनांगको कन्याजाली अर्थात् हाइमिनलाई पनि पूरानै अवस्थामा फर्काउन सफल भए । यस्तो चुनौतिपूर्ण शल्यक्रिया मार्फत महिलाको यौनांगलाई कुमारी अवस्थामै फर्काउन सफल ती चिकित्सकको कदमलाई धेरैले तारिफ गरे । तर सम्मेलनमा उपस्थित कतिपय महिला चिकित्सकले भने उनको कदमप्रति आपत्ति जनाएको बताइएको छ ।
source:taja khabar
प्रतिक्रिया दिनुहोस्...