१६ लाख पर्ने पेन्टी माग्दै सन्नीले सुटिङ गर्न मानिनन्
पोर्न स्टारको छवि मेट्दै बलिउडमा स्थापित हुन कोसिस गरिरहेकी सन्नी लियोनीले सफताको सिढी चढ्न थालेपछि आफ्नो हठ प्रर्दशन गर्न थालेकी छिन् ।
‘एक पहेली लीला’मा अभिनय गरिरहेकी सन्नीले हालै १९ लाख पर्ने पेन्टी मागेको खुलासा भएको छ । आइटम डान्सका क्रममा उनले लगाउने अन्तरबस्त्रका बिषयमा निर्माण पक्ष र सन्नीवीच बिबाद भएको हो । निर्माण पक्षले दिएको भित्री बस्त्र जब ‘भिक्टोरिया सिक्रेट’ ब्राण्डको नभएपछि सन्नीले सुटिङ नगर्ने अडान लिइन् ।
तर, निर्माण पक्षले उनको माग पुरा गर्न सक्ने अबस्था थिएन् । किनकी उनले मागेका बस्त्रको मूल्य १० लाख भारतीय रुपैयाँ अर्थात करिव १६ लाख नेपाली रुपैयाँ पर्दथ्यो । निर्माण पक्षले ब्यबस्था गरेका बस्त्र पनि कम मूल्यावान थिएनन् । तर, सन्नी भिक्टोरिया सिक्रेटबाहेक अन्य ब्राण्डका बस्त्र आफ्ना जीउमा लगाउने पक्षमै थिइनन् ।
अन्ततः निर्माता र निर्देशकले नै उनलाई फकाउनुपर्ने अबस्था आयो । फिल्मको बजेट निकै कम भएको र त्यति महंगा लुगा किनिदिन नसक्ने भन्दै अनुनय बिनय गरेपछि अन्ततः सन्नी निर्माण पक्षले ब्यबस्था गरेकै गुलावी बस्त्र लगाएर नाच्न तयार भएकी थिइन् ।
