अब फेसबुकबाटै पैसा पठाउन मिल्ने



फेसबुकको अहिलेको सुविधामा स्टाटस लेख्ने, म्यासेज पठाउन तथा फोटोहरु राख्ने सुविधालाई बढावा दिदै फेसबुकले आफ्ना प्रयोगकर्तालाई थप सुविधा दिने तयारी गरेको छ ।

यस सुविधा अनुसार फेसबुक प्रयोग कर्ताले आफूले चाहेको व्यक्ति वा साथिभाइलाई फेसबुकमा टेक्ट म्यासेज जस्तै  पैसा पठाउन मिल्ने नया प्रयोग गर्न लागेको हो ।
फेसबुक म्यासेन्जरमा भएको यो सुबिधा फेसबुकबाट साथिलाई म्यासेज गरे जस्तै गरि रकम समेत पठाउन सकिने भएकोहो ।
नेटवर्किङ कंपनी फेसबुकका अनुसार फेसबुक प्रयोगकर्ताहरुले आफ्नो डेभिड काडैकोलाई उक्त सुविधासँग लिंक गरेको खण्डमा रकम बारे आफ्नो साथीलाई पैसा म्यासेज पठाउन सक्ने छ । उक्त नयाँ प्रक्रिया फेसबुक म्यासेन्जर एप्लिकेशन संग जोडिने छ ।
उदहारणको लागि कोठमा बस्ने साथीकोलागि बिल, भाडा, खाना आदीको समयमा पैसा आवस्यक परेको खण्डमा आफुसंग भएको डेभिड कार्डलाई उसको म्यासेजमा लिंक गरेको खण्डमा पैसा प्राप्त हुन्छ ।
यो सुविधा आइओएस, एन्ड्रोइड तथा वेबमा केहि दिनमा प्रयोगमा आउने फेसबुकले जनाएको छ ।
- Source-nepalsandesh




प्रतिक्रिया दिनुहोस्...