.दिपक र दिपाको जोडीले अष्ट्रेलीयामा हान्यो मौकामा चौका
काठमाडौँ । चलचित्र ‘वडा नं ६’ को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री गर्न गएको निर्माता तथा कलाकार दिपकराज गीरी र दिपाश्री निरौलाको जोडीले मौकाको फाइदा उठाएको छ । प्राय पर्दामा नछुट्टीने यो जोडीले बुधबार सिड्नीमा आयोजीत श्रीलंका बिरुद्ध दक्षीण अफ्रिकाको क्वाटर फाइनलको पहिलो म्याच हेरेर एक पन्थ दुई काम गरेर मौकामा चौका हानेको हो ।
बुधबार सामाजिक संजाल फेसबुक मार्फत सिड्नीमा आयोजीत खेल हेर्दै गरेको तस्विर सार्वजनिक गर्दै दिपक र दिपाले आफुहरु श्रीलंकाको सर्मथनमा रहेको उल्लेख गरेका छन् । राष्ट्रिय झण्डा सहित खेल हेर्न पुगेका यो जोडिले आफुहरु निकै नै उत्साहित रहेको स्टाटसमा उल्लेख गरेका छन् । अष्ट्रेलीया बसाइको क्रममा निर्माताद्धय दिपकराज गिरी र दिपाश्री निरौलाले एनआरएन इभेन्ट्सका खिलेन्द्र तिमल्सिनासँग आफ्नो फिल्मलाई त्यहाँ प्रदर्शन गर्ने दुई पक्षिय सम्झौता पनि गरिसकेका छन् । १५ लाख रुपैयाँमा ‘वडा नं ६’ को अष्ट्रेलिया प्रदर्शन अधिकार सम्झौता भएको निर्माता दिपकराजले बताए ।
दिपक, दिपा र निर्मल शर्मा गैँडाले संयुक्त रुपमा निर्माण गरेको दोश्रो चलचित्रलाई नेपालको एफडि कम्पनीले मोफसलका लागि ३५ लाख न्यूनतम मूल्यमा वितरणको जिम्मा लिएको निर्माता मध्येका एक शर्माले बताए । अभिमन्यू निरवीको लेखन रहेको चलचित्र द्धन्द्धकालीन परिघटनामा आधारित रहेको शर्मा बताउँछन् ।
पाका निर्देशक उज्जवल घिमिरेद्धारा निर्देशित चलचित्रमा निर्माता गिरी, जितु नेपाल, केदार घिमिरे ‘माग्ने बुढा’, सिताराम कट्टेल ‘धुर्मुस’, दयाहाङ राई, प्रियंका कार्की, लगायतका कलाकारहरुको अभिनय रहेको छ । गीरी, दिपा र शर्माको यस अघि बनाएको चलचित्र ‘६ एकान ६’ ले चौतर्फी चर्चाका अलावा व्यापारिक सफल पनि पाएको थियो ।source:mix khabar
