"मस्ती’ का लागि सन्नी लियोनले मागिन् ३ करोड !
मुम्बई । पोर्न स्टारबाट बलिउडमा प्रवेश गरेकी नायिका सन्नी लियोन एक एडल्ट कमेडी फिल्मका लागि धेरै रकम मागेर अहिले चर्चामा आएकी छन् ।
फिल्ममा खेल्नका लागि उनले धेरै पैसा मागेपछि अहिलेसम्म उनीसँग छलफलले औपचारिकता पाएको छैन । निर्माण पक्षले फिल्मको तेस्रो भागमा ओरिजलन स्टार कास्टलाई सामेल गर्ने प्रयास भइरहेको जनाएको छ ।
फिल्मको शीर्षक भने ‘ग्राण्ड मस्ती रिटन्र्स’ हुनेछ । उनले यो फिल्म खेल्नका लागि सन्नीले २ देखि ३ करोड रुपैया चाहिने बताएकी छन् ।
अहिले उनले नै भनेको रकममा सन्नीलाई लिन गाह्रो भएको भन्दै निर्माण पक्षले कुनै न कुनै निकासको खोजी भइरहेको जनाएको छ ।
source nepalsandesh
