.श्रीमतीलाई चिरपट प्रहार गरी हत्या
सप्तरीको तेरहौता गाविस ५ स्थित नयाँ बस्ती टोलका एक युवकले आफ्नी श्रीमतीलाई मंगलवार चिरपट प्रहार गरी हत्या गरेका छन् ।रक्सी खाएर मातेका नरेशकुमार राईले २५ वर्षीया श्रीमती सन्तोषी चौधरी राईलाई निधारमा चिरपट प्रहार गरी हत्या गरेका हुन् ।
प्रहरीले नरेशलाई पक्राउ गरेकाे छ । मृतकका शवलाई पोष्टमार्टमकालागि मंगलवारै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याएको छ ।
source:a2z khabar
