आज मिति २०७१ साल फागुन १८ गते सोमवार अनुसार तपाईंको राशी यस प्रकार छ -:
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries : आम्दानी प्रशस्तै बढ्नेछ। सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus : नयाँ काममा हात हाल्ने समय छ । महत्वाकांक्षी योजना फलीभूत होलान् । स्थायी सम्पत्ति जोड्ने समय छ। काममा मातापिताको सहयोग प्राप्त होला। कृषि–चौपायाबाट लाभ मिल्नेछ। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus : सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्ने देखिन्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। नयाँ काममा हात हाल्ने समय छ। प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
राम्रै फाइदाको योग छ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। मान–सम्मान बढ्नेछ। बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। धेरै व्यक्ति तपाईंका प्रशंसक बन्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि वस्तुहरू उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुन सक्छ। कामबाट फुर्सद मिल्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :काममा लगानी बढाउन सकिनेछ। नसोचेको काम बन्न सक्छ। तर, केही मात्रामा खर्च बढ्नेछ र आलस्य पनि जाग्नेछ। तापनि समयले साथ दिनेछ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ। तापनि, प्रतिस्पर्धा गरेरै फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। बसाइमा स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra : समय उत्साहवर्द्धक रहला। पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रो लाभ हुनेछ। आम्दानीको नयाँ स्रोत फेला पर्नेछ। उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। गरेका कामबाट प्रशस्त लाभ हुने समय छ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio : अरूका जिम्मेवारी वहन गर्दैमा समय बित्न सक्छ। पढाइलेखाइमा त्यत्ति समय दिन नसकिएला। व्यापारमा सामान्य फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट पनि लाभ मिल्नेछ। प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । शासक वर्गबाट पनि धोका हुन सक्छ, सचेत रहनुहोस्।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :नयाँ काम र जिम्मेवारी हात पार्नेमौ का छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन् । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। पढाइमा पनि राम्रै प्रगति हुनेछ। परिश्रम परे पनि काममा सफलता मिल्नेछ। मंगलमय कृत्य सम्पादन गर्ने वा तीर्थाटनको योग छ। सानो प्रयासले भाग्योन्नतिको समय छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn : प्रयत्न गर्दा नसोचेको वस्तु लाभ हुने देखिन्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा बाधा, अनायास क्षति जस्ता समस्याले पनि सताउलान्। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला। काममा केही चुनौती देखिनेछन्। तापनि, सहयोगीहरूले काममा तत्परता देखाउनेछन् र बिस्तारै फाइदा होला । प्रयत्न गर्दा गोप्य रहस्य पत्ता लगाउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius : विगतका समस्या दोहोरिन सक्छन् । यात्रामा पनि समस्या आउने र बाध्यताका काममा जुट्नुपर्ने योग छ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । दाम्पत्य सम्बन्धमा असमझदारी वा प्रतिस्पर्धाको समय छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
काममा अलि विलम्ब होला। केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नपर्ला । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आम्दानी बढ्ने समय छ। गरेका काममा फाइदा होला। वैदेशिक यात्राको अवसर आउला। लेनदेनमा भने विवाद आउने योग छ। प्रतिस्पर्धा, वाद
