.नम्रता श्रेष्ठको इज्जतमा दाग लगाउनेलाई एकदिन भतभती पोल्छ’
२०७१ चैत १७ गते
- सविन प्रियासन
‘तिमीले आफ्नो कोठालाई आफूजस्तै सुन्दर, आकर्षक बनाएकी रहिछेउ, मन पर्यो । कुशल इञ्जिनियरले गरेको डिजाइन जस्तै सबै सामानहरु चाहिने ठाउँमा छन् । भित्तामा सजिएका तिम्रा तस्वीरहरु बास्तबमै कुशल चित्रकारले देख्ने हो भने संसारकै चर्चित चित्रका रुपमा यसलाई ढाल्थ्यो होला । तिमी प्रकृतिप्रेमी बनेर कोठामा समेत फूलको बगैचा बनाएकी छेउ । हिमाल, झरना, मठमन्दिर, मूर्ति, वनजंगल, जनावर, पशुपन्छीहरु पनि तिम्रो कोठामा सुरक्षित छन् । तिमीले पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्र, नदी, नाला, झरना, तालतलैया, साहित्य, कला, संस्कृति, खेल, मनोरञ्जन, गीत, नृत्यलाई पनि कोठामा महत्वका साथ स्थान दिएकी छेउ । तिमीले नेपालको शिर सगरमाथा, शान्तिको दूत गौतमबुद्ध अनि लुम्विनीलाई पनि आफ्नो सारथी बनाएकी छेउ । व्यवस्थित शहर, सुविधा सम्पन्न शहर, स्वच्छ–सफा शहर, फराकिलो सडक–पेटी, व्यवस्थित यातायातको झल्को पनि तिम्रो कोठाले दिइरहेको छ । वैज्ञानिक कृषि, फलफूल, तरकारी खेती, जटिबुटी, खनिज सबै छन् तिम्रो कोठामा । तिमीले उद्योग कलकारखानाको व्यवस्थित विकास, उर्जा उत्पादनको अनिवर्यतालाई पनि समेटेकी छेउ । बालबालिका, युवाहरुको शिक्षाको कुरा, रोजगारको आवश्यकता, स्वास्थ्यको अपरिहार्यता पनि तिम्रो महत्वको विषय बनेको छ । सञ्चार–प्रविधिको रफ्तारमा नेपालीहरुको जबरजस्त सहभागितालाई पनि तिमीले उठान गरेकी छेउ, तिम्रो कोठामा बास्तवमै भन्ने हो भने विकसित नयाँ नेपालको परिकल्पना छ । हाम्रो देशको चौतर्फी विकास र समृद्धिका लागि यी र यावत कुराहरुमा गम्भीरतापूर्वक ध्यान दिनुपर्छ । मुलुक निर्माण गर्न सक्ने, कुशलतापूर्वक सञ्चालन गर्न सक्ने राजनेतामा हुनुपर्ने सोंच तिमीमा रहेछ । राजनीतिक बृत्तमा असल नेताको अभाव भइरहेको समयमा योजना र भिजनसहितको लिडरमा हुनुपर्ने सोच, गुण तिमीमा मैले पाएँ । यसका लागि तिमी बधाईको पात्र बनेकी छेउ’ हर्केले प्रंशसाको गुँड बनाउँछ । रुचि पनि मख्ख पर्दै गुडँबाट फुरुरु उड्दछिन्– ‘तारिफको खेती गर्नमा माहिर मेरो हजुर, कहाँबाट सिक्नुभयो यस्ता कुुरा ? देश बनाउने कुरा, राजनीतिक बृत्तका कुरा, राजनीतिक विश्लेषक भन्दा कम छैन तिम्रो कुरा ।’
‘म कुनै विश्लेषक होइन । तर मलाई यति मात्र थाहा छ, यो देशको समृद्धिका लागि कुशल नेता पछिल्लो समयमा मुलुकले पाएकै छैन । देशका लागि केही गर्छु भन्ने नेताहरुले अकालमै ज्यान गुमाउनु परेको छ, भएका नेताहरु स्वार्थको डम्फू बजाउन तल्लिन छन्, अनि कहाँबाट हुन्छ देशको विकास ? नयाँ नेपाल, उन्नत नेपालको परिकल्पना एकादेशको कथा बनेको छ । पौरख, सिर्जना, सीपहरुले देशबाटै बसाई सारेका छन् । जोश, जाँगर, हिम्मतहरु मुर्झाएका छन् । भ्रष्टाचार, बेथितिको दबदवा छ । अराजताभित्र कैद बन्दैछ समाज । यी र यावत कारणहरुले गर्दा दिनप्रतिदिन विपन्नताको खाडलमा धसिदैँछ मुलुक, परनिर्भर अर्थतन्त्रको चपेटामा थिचिएको छ मुलुक । अमृतको कुण्डमा भएर पनि हाम्रो मुलुकले दिनदिनै विषपान गर्न बाध्य छ ।’
‘तिम्रो कुरामा सत्यता छ, मुलुक बनाउने र बिर्गाने राजनीतिले नै हो । तर हाम्रो मुलुक, चरम राजनीतिक स्वार्थका कारण दिनदिनै बिगै्रदै गएको छ । आशा गरौं, नेताहरु सुधारको बाटोमा एक न एक दिन हिंड्नेछन्, हिंड्नुपनि पर्छ’–रुचिले विश्वासको ज्याति बाल्दछिन् । हर्के पनि लामो स्वास तान्छ । मुहारमा पुनः आशाको लाली जगाउँदै बोल्न थाल्छ– ‘यस्तो दिन छिटो आए हुन्थ्यो, मुलुक समृद्धिको शिखरमा पुगे हुन्थ्यो । आश गरौं । अनि मैया तिम्रो तस्विरको छेउमा झुन्डाइएको ऊ त्यो ठूलो तस्विर कसको हो, तिम्रो दिदीको ?’
‘तिमी नेपाली फिलिम हेर्दैनौं ?’
यतिराम्री अप्सरामाथि दाग लगाउने गरी त्यो केटाले एमएमएस सार्वजनिक नगरेको भए हुन्थ्यो, कुकुरलाई घिउ नपचेको भनेको यही हो । बुद्धि नभएको ! किन भिडियो सार्वजनिक गर्नुपरेको होला ? एउटी महिलाको अस्मिता नै लिलाम गर्न महिला नै लाग्ने ?
‘म एकत फिलिम नै हेर्दिन, त्यसमा नेपाली फिलिम, ठेला न टुप्पाका हुन्छन् । हिरो, हिरोनी पनि उहिलेको बाजेका पालामा भने जस्तै एउटै मुहार, एउटै स्टाइल, फिक्का अभिनय, बेकामको प्रविधि । एक–दुई पटक हेर्न गएको थिए, टाउको दुखेर औषधी नै खानुपर्यो’– हर्केले आफ्नो अनुभव काटाक्ष हान्दै सुनाउँछ ।
रुचिले खिन्नता प्रकट गर्दछिन्– ‘एकैपटक सुधार कहाँबाट हुन्छ त, लगानी अनुसारको प्रतिफल पाइने त हो । तर पछिल्ला दिनहरुमा भने नेपाली सिनेमा पनि राम्रा बन्न थालेका छन् । कथाबस्तु पनि सर्रर्र बगेको हुन्छ । मैले भर्खरै मेरो एउटा साथी छ भन्ने फिलिम हेरेँ, यति मनपर्यो कि ५ पटक हेरिसके, तर अझै पनि धित मरेको छैन । हिरो हिरोनी नयाँ, राम्रा, यो क्षेत्रमा केही गर्छन् कि भन्ने आशा लिएर उदाएका छन् । लाग्छ अब नेपाली चलचित्र क्षेत्रमा नयाँ आयाम देखा पर्नेछ । त्यो भित्ताको तस्विर त्यही फिलिमकी नायिका नम्रता श्रेष्ठको हो । मलाई उनी अति नै मनपर्छिन् ।’
‘ए ! ए !!, नम्रता श्रेष्ठ भनेको यिनै हुन । तस्विरमा त अति नै राम्री रहेछिन् । यतिबेला यीनको एमएमएसले बजार तताएको छ । मैले पनि यीनको बारेमा सुनेको छु । तर संयोग भन्नुपर्छ त्यो हेरेको छैन ।’ हर्केले टाउको हल्लाउँदै ओठ चलाउँछ । उसको कुरा सुनेर रुचि बोल्न थाल्छिन्– ‘मैले पनि यो कुरा सुने, यतिराम्री अप्सरामाथि दाग लगाउने गरी त्यो केटाले एमएमएस सार्वजनिक नगरेको भए हुन्थ्यो, कुकुरलाई घिउ नपचेको भनेको यही हो । बुद्धि नभएको । किन भिडियो सार्वजनिक गर्नु परेको होला । भर्खरै हो यो कुरा सार्बजनिक भएको । त्यसपछि मैले सुनेको नम्रता गुप्तबासमा छिन्, उनको चलचित्र मेरो एउटा साथी छ भने चलि रहेको छ ।’
‘यस विषयमा म पनि तिमी जस्तै हो । मान्छेको व्यक्तिगत जीवनलाई बजारमा लिलाम गराउनु हुँदैनथ्यो । गम्भीर भूल गरेछ त्यो केटाले, अनि कसरी यो भिज्ज्वल सार्बजनिक भएको रहेछ ?’
‘मलाई पनि धेरै कुरा थाहा छैन, त्यो केटाको श्रीमतीले सार्वजनिक गरेकी रे !’–रुचिले छोटो जवाफ दिन्छिन् । हर्केले आफ्नो भनाइ राख्छ– ‘त्यसो भए, नम्रताको अफयर बिबाहित केटासँग रहेछ । मन न हो, कति खेर कोसँग नजिक हुन्छ थाहा हुँदैन । यसमा उनको गल्ती छ जस्तो मलाई लाग्दैन । तर पनि यस विषयमा उनीहरु सचेत हुनुपर्ने थियो । त्यस्तो एमएमएस बनाउनु हुँदैनथ्यो । बनाएपनि सार्बजनिक हुने गरी खुल्ला छाड्नु हुँदैनथ्यो । हाम्रो समाज अझैसम्म यस्तो कुरा पचाउन सक्ने बनेको छैन । अरुले पनि यो कुराबाट शिक्षा लिनुपर्छ ।’
‘तिम्रो कुरामा म पनि सहमत छु । तर प्रेममा डुवेको मनलाई सम्हाल्न कसले पो सकेको छ र, उनीहरुले सकुन ।’
‘त्यति राम्री केटी बिबाहित केटासँग नलागेको भएपनि हुन्थ्यो, उनले त छानिछानी केटाहरु पाउँथिन् होला, कुनै पनि केटी मान्छेले श्रीमान्लाई बाँड्न सक्दैनिन् ।’
‘प्रेमको सागरमा डुबुल्की मारेपछि जतिसुकै गहिरो भएपनि फर्कन गाह्रो हुन्छ । हाम्रो नै कुरा गरौं, तिमीले त मेरो बारेमा सबै थाहा पायौं, मलाई तिम्रो बारेमा राम्रोसँग थाहा छैन । यदि तिम्रो बिबाह भएको रहेछ भने अब मैले के गर्ने ? के मैले हिंजो यो बारेमा रत्तिभर सोचेँ ? विवाहित पुरुषसँग उनी नजिक भइन त यसमा उनको मात्र दोष छ जस्तो मलाई लाग्दैन ? केटालाई केही नभन्ने, एउटी महिलाको अस्मिता नै लिलाम गर्न महिला नै लाग्ने ? उक्त भिडियो सार्वजनिक गरेर ती महिलाले पक्कैपनि बहादुरीको तक्मा पाएकी छैनन् । मलाई लाग्छ ती महिलाले जिन्दगीमा सबैभन्दा ठूलो अपराध यहाँनेर गरेकी छन्, यो कुराले निश्चित रुपमा उनलाई कुनै न कुनै दिन पोल्नेछ ।’
‘तिम्रो कुरामा तर्क छ । म पनि सबै कुरा नकारात्मक कोणबाट विश्लेषण गर्ने पक्षमा छैन । तिमीले भनेझैं नम्रता नेपाली चलचित्रमा नयाँ आयाम बोकेर झुल्किएकी छन् भने उनले आफ्ना सबै कुरालाई बिर्सिएर पुनः पाइला अगाडि बढाउनुपर्छ’– हर्केको भनाईमा समर्थन गर्दै रुचि बोल्न थाल्छिन्–‘यस्तै भए त राम्रो हुने थियो । तर स–साना घटनामा पनि मानिसहरुले आत्महत्या गर्दछन् । धेरैले गरेका छन् । उनी पनि कतै यस्तै बाटोमा त हिँड्ने होइनन् ?’
‘हिँड्नु हुँदैन, नहिँडुन हामी कामना गरौं ।
