"मोबाइलमा यसरी लुकाउन सकिन्छ तस्विर, भिडियो र मेसेज



पछिल्लो समयमा अधिकाँश फोन प्रयोगकर्ताहरुले स्मार्टफोन नै बोक्ने गर्छन् । मानिसहरुलाई आफ्ना तस्विर, भिडियो र मेसेज बक्समा भएका सबै कुराहरु सबैलाई देखाउन मन पर्दैन । यस्तै गोप्यता कायम गर्नका लागि स्मार्टफोनमा प्रयोग गर्न मिल्ने गरी विभिन्न एप्लिकेसनहरु विकाश भएका छन् ।


गुगल प्लेमा विभिन्न सेक्युरिटी एपहरु उपलब्ध छन् । यहाँ मोबाइलमा सामग्रीहरुलाई लुकाएर निजी बनाउने ५ एपको बारेमा चर्चा गरिएको छ ।

यो लक एपले SMS, तपाइँका फोनमा भएका मान्छेका नाम र नम्बर, जीमेल, फेसबुक, ग्यालरी, सेटिंग्स, कल लिस्ट लगायतका कुरा गोप्य राख्न सकिन्छ । यो एपको राम्रो पक्ष भनेको तपाइँको मोबाइलमा यो भएको नभएको अरुले चाल नपाउने बनाउन पनि सकिन्छ । यो डाउनलोड गर्न सजिलो छ भने निशुल्करुपमा पाइने यो अहिले सम्म ५० लाख भन्दा बढीले प्रयोग गरेका छन् ।


२ Smart AppLock (App Protector)
यो एप लकले तपाइँको मोबाइलमा हुने ग्यालरी, मेसेज वा तस्विर जस्ता कुराहरुलाई लक गर्दिन्छ । तपाइँको मोबाइलमा आफूले मात्र चलाउन चाहेका सबै कुरा यसले लक गर्न सकिन्छ । यसमा पासवर्ड रिट्रीवल सिस्टम समेत हुन्छ यसले ईमेल सिक्युरिटीको मद्दत माग्छ । यो पनि निक्कै लोकप्रिय छ ।



३ Smart Lock Free (App/Photo)
यो लक एपमा पनि तपाइँका लुकाउन चाहेका सामग्री लुकाउन सकिन्छ । रमाइलो कुरा त यो एपले ३ फरक फरक भाषामा काम गर्छ । यसमा पनि थर्ड पार्टी एप्स र ग्यालरी जस्ता कुरा लाई लुकाउन सकिन्छ । त्यसैगरी यो एप लकमा विभिन्न कुरा लुकाउने र नम्बर पासवर्ड, टेक्स्ट पासवर्ड वा प्याटर्न लक राख्ने सुविधा पनि हुन्छ । यो एप भएको नदेखाउने समेत सुविधा छ । यो एप पनि गुगलप्लेबाट ५० लाख मानिसले डाउनलोड गरिसकेका छन् ।

४ Apps Lock &Gallery Lock + Hide
यो एपमा ग्यालरी लक गर्ने सुविधा छ । यसमा तीन प्रकारले एप्स लक गर्न सकिन्छ । पिन, प्याटर्न र आवाज समेत राखेर फाइल लक गर्ने सुविधा यसमा छ । पासवर्ड विर्सेमा इमेलबाट निकाल्न सकिन्छ । त्यति मात्र होइन मीडिया फाइललाई हाइड समेत गर्न सकिन्छ । यसका लागि तपाइँलाई एण्ड्रोइडको 2.2 वा त्यसभन्दा माथिको अपरेटिङ सिष्टम चाहिन्छ ।


५ Fast App lock
यसलाई विजगेट स्क्रिनबाटै अन वा अफ गर्न सकिन्छ । अनि यसैबाट अन्य एपको २ तरिकाले लक गर्न सकिनंछ । यसमा भिडियो लक गर्नका लागि सबै भन्दा राम्रो मानिन्छ । त्यस्तै जीमेल, एसएमएस, फेसबुक जस्ता एप पनि लक गर्न सकिन्छ ।source:nepali headline






प्रतिक्रिया दिनुहोस्...