"नायिका कट्रिना वेपत्ता भएको खबर ले बलिउडमा हङगामा
बलिउड नायिका कट्रिना कैफ वेपत्ता भएकी छन् । समाचार अनुसार कट्रिना र उनका पीआर पर्सनलाई पछिल्लो समयमा सम्पर्कको कोशिस भइरहेपनि सफल हुनत सकेको छैन ।
एक भारतीय अनलाईनमा छापिएको रिपोर्टअनुसार पछिल्लो केही दिनमा गुगल म्यापसमेत प्रयोग गरेर महाराष्ट्रका केही स्थानहरुमा उनको अवस्थाबारेमा जानकारी लिन कोशिस भइरहेपनि सफलता हात लागेको छैन ।
उनका शुभचिन्तकहरुले सकुशल फर्किने कामना गरिरहेका छन् । सामाजिक सञ्जालमा उनी बेपत्ता भएकोबारे विभिन्न अड्कलबाजीहरु सुरु भएका छन् ।
केही मानिसहरुले उनको सकुशल फिर्तीको कामना गरेका छन् भने केहीले उनको चर्चामा आउने काइदा भएको भन्दै मजाक उडाएका छन् । उनको नायक रणवीर कपुरसँग विवाहको चर्चा चलिरहेका बेला बेपत्ता हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
Source-nepalsandesh
