"सडकमै कुटेर यसरी मान्छे मारियो..हेर्नुहोस कहाली लाग्दो दृष्य



एजेन्सी : आइतबार बिहान पाकिस्तानको लाहोरमा दुर्इ चर्च बाहिर गरिएको हमलामा १४ जना ब्यक्तिको ज्यान गयो । घटनामा ८० जना बढी गम्भीर रुपमा घाइते भए ।

सोही हमलामा संलग्न भनिएका एक व्यक्ति नराम्ररी कुटार्इ खाएर मृत्युवरण गर्न पुगे । हमलापछि आक्रोशित भींडले बम हमलामा संलग्न भनिएका एक युवकलार्इ सडकमा निकालेर कुटीकुटी मारेका हुन् ।

बम हमलापछि चर्च बाहिर जम्मा भएका सयौं ईसाई धर्मावलम्बी रिसले चुर भएका थिए । रिसको झोंकमा उनीहरुले सहरकै बीच सडकमा बम हमलामा संलग्न ती ब्यक्तिको ज्यान कुटेरै लिए ।

तालिवानको संलग्नता रहेको सो बम हमलामा कम्तिमा २ जना व्यक्तिको संलग्नता रहेको पाकिस्तानी प्रहरीको भनाइ छ ।

बम हमला यति शक्तिशाली थियो कि तत्कालै घटनास्थलमा ५ जना मारिएका थिए । घटनापछि लाहोर शोकमा डुबेको थियो भने मृतक र घाइतेका आफन्तबीच रुवाबासी चलेको थियो ।
source: taja khabar 





प्रतिक्रिया दिनुहोस्...