किन होला....कतारमा स्याङ्जाका कुशल कार्कीलाई मृत्युदण्ड दिने भो
कतारकोपुनरावेदन अदालतले स्याङ्जाका कुशल कार्कीलाई मृत्युदण्डको सजाय दिने तल्लो अदालतको फैसलालाई सदर गरेको छ ।
अन्सारीका परिवारले भने माफी दिन चाहेका छैनन् । कुशलले आफ्नो परिवारमार्फत पीडित परिवारलाई मनाउन आग्रह गरेको बताए । ‘मबाट गल्ती भयो ।यसमा मेरो पश्चाताप छ,’ उनले भने, ‘पीडित परिवारको तर्फबाट मलाई माफी दिन अपिल गर्छु ।’ सामान्यतया कतारको कानुनअनुसार पीडित परिवारले पीडक पक्षबाट दिइएको ब्लडमनि स्वीकार गरेको खण्डमा माफी दिन सकिन्छ । यहाँ
ब्लडमनिबापत दुई लाख रियाल -५२ (लाख रुपैयाँ) दिइने नियम छ । कतार आएको तीन महिनामै उनी हत्या अभियोगमा पक्राउ परेका थिए । तलब र काम नदिएको रिसमा आबेगमा आई कार्कीले कम्पनीका सुपरभाइजर अन्सारीमाथि चक्कु प्रहार गरी हत्यागरेका थिए ।
कतारमा नेपालीले नेपालीकै हत्या गरेको अभियोगमा अरू आधा दर्जन मुद्दामाथि छानबिन भइरहेको छ । ती हत्याको अभियोग लागेका नेपालीहरू यहाँको केन्द्रीय कारागारमा थुनामा छन् । बालिकालाई छोएको अभियोगमा तीन वर्ष सजाय पाएका रोल्पाका झक्कुप्रसाद ओलीलाई यहाँको पुनरावेदन अदालतले दुई वर्ष कैद मिनाहा गरिदिएको छ । कतारको साउदीय हाइपरमार्केटमा सेल्सम्यानको काम गर्दै आएका पाखापनी-९, रोल्पाका ३० बर्षीय ओलीलाई बालिकालाई छोएको अभियोगमाथि जुन २१ तारिखमा तल्लो अदातलले तीन वर्षको सजाय सुनाएको थियो । उनलाई गत मार्च १६ तारिखमा मार्केटबाटै पक्राउ गरिएको थियो ।
पुनरावेदन अदालतको फैसला भएलगत्तै ओलीले कान्तिपुरलाई भने, ‘अब मार्चसम्म जेलमा बसेपछि र्फकन पाउनेछु ।’ तल्लो अदालतको आदेशविरुद्ध पुरावेदनमा अपिल गर्न ओलीलाई नेपाली दूतावासले वकिलको व्यबस्था गरिदिएको थियो । उनले हाइपरमार्केटमा बेसार झिक्ने क्रममा बेसारको प्याकेट खसेर बालिकालाई लागेको बताए । स्थानीय महिलाले भने उनले बालिकालाई छोएको भन्दै ओलीमाथि मुद्दा दायर गरेकी थिइन् source taja khabar
