"निरन्तर फेसबुक चलाउनेहरु दुःखी हुने
फेसबुकमा अरुले के पोष्ट गरे कस्ता तस्विर हाले भन्दै हेर्नु हुन्छ ? हो भने तपाइँ दुःखी बन्ने निश्चित छ । फेसबुकमा कसले के लेख्यो कस्तो तस्विर वा स्ट्याटस राख्यो भन्दै चासो राखिरहने ब्यक्ति डाहा गर्ने र दुःखी हुने स्वभावको हुने हालै गरिएको एक अध्यनले देखाएको छ ।
अमेरिकाको युनिभर्सिटी अफ मिसिगनका अनुसन्धानकर्ताहरुले गरेको अध्यनले यस्तो देखाएको हो । अनुसन्धानकर्ता एथान क्रोशले भने- फेसबुकले मानिसहरुलाई कमजोर बनाइदिन्छ । मानिसहरुलाई आफूलाई कमजोर ठान्छन् ।
अरुका पोष्ट र तस्विर हेर्दै बस्नेहरु दुःखी बन्ने अनुसन्धानकर्ताको भनाइ छ । तर फेसबुकमा च्याट गर्नेहरु भने त्यस्तो कमजोर मानसिकतामा नपुग्ने अध्यनले देखाएको छ ।
अनुसन्धानकर्ताहरुले ८० जना फेसबुक प्रयोगकर्ताहरुलाई ल्याबमा राखेर यो अनुसन्धान गरेका थिए ।
फेसबुकले मानिसको सोंचाइमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा यो अध्यन गरिएको थियो ।source:nepali headline
