"के धेरै सेक्स गर्दा खुकुलो हुन्छ महिलाको यौनाङ्ग ?



प्रायः मानिसहरु सोच्छन्, कम सम्भोग गर्ने महिलाहरुको यौनाङ्ग कसिलो हुन्छ र बढी यौन सम्पर्क गर्ने महिलाको यौनाङ्ग खुकुलो हुन्छ । के तपाईंलाई थाहा छ, यस्तो सोचाई केवल भ्रम मात्र हो ।


यो हाम्रो दावी पटक्कै होइन । महिला स्वास्थ्य विशेषज्ञ जेनिफरक वाइडरले लामो अध्ययनपछि यस्तो निष्कर्ष निकालेका हुन् । डा. जेनिफरका अनुसार महिलाको गुप्तांग यौन सम्पर्कपछि पहिलाकै अवस्थामा फर्कन्छ । यहाँसम्म कि बच्चा जन्माएपछि पनि यौनांग पहिलाकै अवस्थामा फर्कन्छ ।

डा.जेनिफर न्छिन्, ‘जीवनमा केवल दुईपटक यस्तो हुन्छ जतिबेला यौनांगको आकार लामोसमयसम्म परिवर्तन हुन्छ । पहिलो पटक बच्चा जन्माएपछि । एक अध्ययनका अनुसार, बच्चालाई जन्म दिएपछि योनीको मांशापेसी पहिलाकै अवस्थामा आउन कमसेकम ८ महिनाको समय लाग्छ ।’

दोस्रो पटक योनीले आकार उमेर ढल्किएसँगै बदलिन्छ । वास्तवमा, उमेर बढ्दै जाँदा महिलाहरुको हर्मोनहरुमा परिवर्तन आउँछ । मतलब, उमेर बढ्दै जाँदा यौनांगको भित्ता बाक्लो हुन्छ र कम लचिलो पनि । यसले गर्दा यौनांगको मसल्स खुकुलो हुनजान्छ ।

तर शुभसमाचार यो छ कि उचित अभ्यासबाट मांशापेसीको खुकुलोपनामा सुधार गर्न सकिन्छ । केही योगासनबाट तपाईंको शरीरमा चामत्कारित परिवर्तन ल्याउन सकिन्छ, जसबाट मानिसहरुले तपाईंको उमेर के हो भनेर पत्तै पाउँदैनन् ।

यस अध्ययनको क्रममा पत्ता लागेको अर्को महत्वपूर्ण कुरा के हो भने यौन सम्पर्कको बेला यदि यौनांग कसिलो पाइयो भने यसको अर्थ एउटै हुन्छ, तपाईंको पार्टनर यौन सम्पर्कको लागि तयार छैनन् । यसको मतलब उन यौनांग कि सुख्खा छ, कि उनी आवश्यक उत्तेजित भइसकेकी छैनन् । यस्तो अवस्थामा तपाईंले धेरैभन्दा धेरै प्राककिंडा (फोरप्ले) गर्न आवश्यक छ ।source: taja khabar




प्रतिक्रिया दिनुहोस्...