सलमानले यी युवतीसँग मनाए भ्यालेन्टाइन्स डे (तस्विर सहित)
बलिउड अभिनेता सलमान खानले यस पटकको भ्यालेन्टाइन्स डे यस अघी उनीसँग नदेखिएकी युवतीसँग मनाएर सबैलाई आश्चर्यमा पारिदिएका छन् ।
सलमान र ती अपरिचित युवतीका अन्तरंग तस्विर यतिबेला इन्टरनेटमा भाइरल बनेका छन् । तस्विरमा सलमानले ती युवतीलाई फूल दिएको र चुम्बन गरिरहेको समेत देख्न सकिन्छ ।
ती युवतीले पनि सलमानको गालामा चुम्बन गरिरहेकी छिन् । यो तस्विरमा सलमान र ती युवती कालो रंगको पोषाकमा देखिएका छन् ।
यो ड्रेस भ्यालेन्टाइन्स डे स्पेशल रहेको अनुमान गरिएको छ । ती युवती को हुन् भन्ने चाँहि प्रष्ट छैन ।source:nepali headline
