काठमाडौँको यौनकर्मीहरु लाई यौन पेसाको लागि लाइसेन्स दिने भयो
विशाखा १४ वर्षकी थिइन् । सहर देख्ने रहर बढ्दो थियो । गाउँकी एक महिलाले सहर देखाउने बहानामा विशाखालाई कोठीमा पुर्याइन् । त्यसपछि विशाखा बन्दी भइन् ।
गल्लीको दुवैतिर निकै शृंगार गरेका महिला उभिएका छन् । धेरैजसोले भड्किलो सारी लगाएका छन् । कतिपय मिनीस्कर्ट वा कसिला पहिरनमा छन् । संसारकै सबैभन्दा बढी देहव्यापार हुने सोनागाछी बजारको एक दृश्य हो यो ।
कोलकाता । रातको समय छ, म कोलकाताको मुख्य सडक छिचोलेर गल्लीतिर छु । गल्ली मानिसहरुले भरिएको छ ।
यो अँध्यारो र साँगुरो गल्ली, जहाँ ढलको दुर्गन्ध आइरहन्छ । गल्लीको दुवैतिर निकै शृंगार गरेका महिला उभिएका छन् । धेरैजसोले भड्किलो सारी लगाएका छन् । कतिपय मिनीस्कर्ट वा कसिला पहिरनमा छन् । संसारकै सबैभन्दा बढी देहव्यापार हुने सोनागाछी बजारको दृश्य हो यो । यी महिला यौनकर्मी हुन्, जो ग्राहकको प्रतिक्षामा छन् ।
भारतका धेरैजसो यौनकर्मी चरम गरिबीमा जिउँछन् । यिनीहरुले एक ग्राहकबाट तीन सय भारतीय रुपैयाँ कमाउँछन् । तर, कमाइको आधाभन्दा बढी भाग दलाल र पुलिसलाई बुझाउनुपर्छ ।2
अर्को बिहान मलाई यस गल्लीको एक घरमा जाने मौका मिल्यो, जहाँ यौनकर्मी महिला रहन्छन् । सानो कोठामा विशाखा लस्कर स्टोभमा माछा फ्राई गर्दै छिन् । विशाखा १४ वर्षकी थिइन् । सहर देख्ने रहर बढ्दो थियो । गाउँकी एक महिलाले सहर देखाउने बहानामा विशाखालाई कोठीमा पुर्याइन् । त्यसपछि विशाखा बन्दी भइन् ।
विशाखा भन्छिन्, ‘यही कामबाटै मैले आम्दानी गर्छु । तर, हामीलाई धेरै नै दुःख दिइन्छ, खासगरी पुलिसबाट । यदि हामीलाई यस कामको लाइसेन्स मिल्छ भने, कसैले हामीलाई अनावश्यक दुःख दिन सक्दैन । हामी आफ्नो गरिखाने अधिकारका लागि लड्न सक्छौँ ।’
आफ्नो पेसालाई कानुनी मान्यता दिनुपर्ने भारतका लाखौँ यौनकर्मीको माग छ । उनीहरुले आफ्ना मागसहित कोलकाताको सडकमा प्रदर्शन पनि गरेका छन् । भारतमा झन्डै ३० भन्दा बढी महिला यौनकर्मी रहेको बताइन्छ । भारतमा देहव्यापार गैरकानुनी त होइन, तर यौन सम्बन्धका लागि कसैलाई आकर्षित गर्न कानुनतः पाइँदैन ।
5भारतीय यौनकर्मीको सबैभन्दा ठूलो संगठन दुर्वारकी अध्यक्ष हुन्, सीमा फोकला । सीमा भन्छिन्, ‘यदि यो पेसालाई कानुनी मान्यता दिइन्छ भने, हामीलाई सम्मानपूर्वक हेरिन्छ । कसैले हामीलाई दुःख दिन सक्दैन । र, हाम्रो बच्चालाई पनि सम्मानपूर्वक हेरिने वातावरण बनाउनुपर्छ ।’
यस पेसालाई बन्द गराउन वा यौनकर्मीलाई अन्य काम दिन सरकार सक्षम देखिँदैन । यौनकर्मीहरु चाहन्छन्, आफ्नो कामलाई श्रमको दर्जा दिइयोस् । जसले उनीहरुलाई सामाजिक प्रतिष्ठा र स्वास्थ्य सन्दर्भमा सजग रहन सहज होस् ।
तर, यस पेसालाई कानुनी दिँदा झनै समस्या उत्पन्न हुने देखिन्छ । किनभने, यसले मानव तस्करलाई सहज वातावरण बन्न सक्छ । सेन्टर फर सोसियल रिसर्च सेन्टरकी रन्जना कुमारी भन्छिन्, ‘तपाईं तस्करलाई रोक्न सक्नुहुन्न । उनीहरुले निकै कम उमेरका केटाकेटीलाई ल्याएर वेश्यालयमा बेचिदिन सक्छन् ।’
रन्जना देह खरिद–बिक्रीलाई अपराध घोषणा गर्ने सल्लाह दिन्छिन् । भन्छिन्, ‘जब हामीले यसलाई अपराध घोषणा गर्छौं, बजार कम हुन्छ । अनि हामीले सानो क्षेत्रको अपराधलाई नियन्त्रण गर्न सक्छौँ । खासगरी कम उमेरका चेलीको रक्षा गर्न सक्छौँ ।’
सोनागाछीमा सात–आठ वर्षका चेलीलाई पनि यौनकर्ममा लगाइएको छ ।source nepali aawaj
