News
»
विद्यार्थीलाई शिक्षकले गरे पढाउँदा पढाउँदै बलत्कार
विद्यार्थीलाई शिक्षकले गरे पढाउँदा पढाउँदै बलत्कार
रामहरि गजुरेल
नुवाकोट, माघ २७– आफैंले पढाउने ११ वर्षीया नाबालिका विद्यार्थीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको अभियोगमा नुवाकोट प्रहरीले जनकपुरका एक शिक्षकलाई पक्राउ गरेको छ ।
विदुर नगरपालिका वडा नंं ३ स्थित भैरवी उच्च माविमा कार्यरत शिक्षक जनकपुरका राजनारायण यादवलाई प्रहरीले पक्राउ गरी जबर्जस्ती करणी अभियोगमा मुद्दा चलाएको हो । प्रहरीले उनलाई हिरासतमा राखी अनुसन्धान सुरु गरेको छ । ४३ वर्षीय यादवले गत शनिवार दिउँसो ३ बजे सोही ११ वर्षीया बालिकालाई आफ्नो कोठामा पढाउने बहानामा बोलाई अनैतिक कार्य गर्न खोजेको प्रहरीको दाबी रहेको छ । विद्यालय जान नमानेपछि छोरी पढ्न जान नमान्नुको कारण खोजेपछि शिक्षकको यस्तो अनैतिक कार्य खुलेको थियो । बालिकाले विद्यालय खुलेको दिन अभिभावक र शिक्षकसँग शिक्षकले अभद्र र अनैतिक व्यवहार गर्न खोजेको बताएपछि प्रहरीले शिक्षक यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक ऋषिकुमार ढुंगानाले बताए ।
source: ratopati
कतै छुटाउनु भो कि ? Related Posts:
प्रतिक्रिया दिनुहोस्...