'सीके राउतका को रहेछन् विदेशी सुराकी ?
'काठमाडौं, माघ २८/ अधिवक्ताले वकालत छोडेर जग्गा दलाली, चिकित्सकले विरामी जाँच्न छाडेर क्याटरिङ व्यवसाय, पत्रकारले समाचार खोज्न छाडेर सुराकीको भूमिका निर्वाह गर्न थाल्यो भने कता पुग्ला पेशाको गरिमा ? अहिले नेपाल राष्ट्रको विखण्डनको वकालत गर्दै हिँडेका सीके राउतलाई विदेशी कुटनितिज्ञसँग भेटाउन पत्रकारहरुले नै मध्यस्तकर्ताको काम गरेको प्रमाण भेटिएको छ ।
पोल्याण्डकी नागरिक र अर्का फ्रेन्चले राउतलाई विराटनगर र राजविराज पुगेर भेटघाट गरि काठमाडौंस्थित कुटनितिज्ञसँग भेटघाटको तारतम्य मिलाउका थिए । यी दुवै ठाउँमा तिनले आफूलाई पत्रकार र रिसर्चर (अनुसन्धानकर्ता) भनि परिचय दिएका हुन् । राजविराजको टितरीगाछीस्थित घरबाट निस्केर सदरमुकाम टेक्नासाथ प्रहरिले ‘ल सर, यसरी घुमफिर नगरौं,जाउँ’ भन्दै घरसम्मै पु¥याइदिने गरेको जनआस्थाले खबर छापेको छ ।
