यसरी थाहा नदिई पुटिनले सुटुक्क दोश्रो विवाह गरे
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सुटुक्क दोश्रो विवाह गरेका छन् । यो वर्ष फोर्व्सको सूचीमा संसारकै सबै भन्दा शक्तिशाली ब्यक्तिकोरुपमा रहेका पुटिनले खेलाडी प्रेमिका एवं युवती राजनीतिज्ञ एलिना काब्याएभासँग विवाह गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
मस्को दैनिकका अनुसार पुटिनले केही परिवारका सदस्य र साथीभाइमाझ सुटुक्क विवाह गरेको उल्लेख गरेको छ ।
अघिल्लो वर्ष पत्निसँग पारपाचुके गरेका पुटिनले एलिनालाई विवाह गर्ने चर्चा चलिरहेको थियो ।
६२ वर्षका पुटिनले विवाह भने ३१ वर्षीया सुन्दरीसँग गरेका छन् । सन् २००८ देखि नै उनीहरुबीचको प्रेम सम्बन्धको चर्चा चलेपनि अहिले आएर पुटिनले केही समय अघि मात्र यो कुरा स्वीकार गरेका थिए ।
पुटिनका यस अघिकी पत्नीबाट २ सन्तान समेत छन् । पुटिन संसारकै सबै भन्दा प्रभावशाली नेताको सूचीमा अग्रस्थानमा छन् ।
पुटिनकी नयाँ पत्नि एलिना यस अघि नै सांसद बनिसकेकी छिन् । उनले ६ वर्ष सांसद बनेपछि अहिले सरकार समर्थित सञ्चार माध्यम सम्हालीरहेकी छिन् ।
३१ वर्षकी एलिना ओलम्पिक मेडल जित्ने खेलाडी समेत हुन् । source nepaliheadlines
