विवाह नगर्दै बाबु बने सलमान खान: (फोटो फिचर सहित)
बलिउडका सुपरस्टार 'हिरो' सलमान खानको विवाहबारे अनेक अनेक चर्चा चलिरहेको समयमा एका एक उनी विहे नगर्दै बाबु बनेको समाचार सार्वजनिक भएको छ ।
सलमान खान मंगलबार बाबु बनेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
हुन त अधबैसे सलमानले विवाह त गरेका छैनन् तर ववाह नगरेपनि बाबु बन्ने चाहना पुरा गरेका छन् ।
सलमानले ६ महिनाका बच्चालाई धर्मपुत्रकोरुपमा स्वीकार गरेका हुन् ।
मुम्बइको एक अनाथालयबाट ती वालकलाई सन्तानकोरुपमा लिएका सलमानले मंगलबार वालकलाई घर पनि लगिसकेका छन् ।

अनाथालयका प्रवक्ताले पनि सलमान बाबु बनेको पुष्टी गरेका छन् ।
शुभचिन्तक र फ्यानहरुले सलमानलाई ट्वीटरबाट बधाइ दिइरहेका छन् ।
केही समय अघि मात्र सलमानले एक अर्मेनियन मोडलसँग विवाह गर्न लागेको चर्चा चलेपनि अहिले चर्चा सेलाएको छ ।
