नायिका सुष्मा कार्की लाई ठमेलमा वाउन्सरसँग यस्तो अवस्था भेटेपछि




 बुधबार दिउँसो काठमाण्डौको ठमेलस्थित एक डान्स बारमा पुग्दा नायिका सुष्मा कार्की उत्तेजक पहिरनमा नृत्य गर्दै थिइन् । उनलाई नृत्य गर्न सिकाउँदै थिए नृत्य निर्देशक कविराज गहतराज ।मदन घिमिरेको निर्देशनमा तयार भइरहेको चलचित्र ‘बाउन्सर’ मा समावेश आइटम गीतमा नायिका कार्की नृत्य गर्न मस्त देखिएकी हुन् ।
चलचित्रमा उनको साथमा प्रशान्त गिरीको पनि अभिनय छ । चलचित्रको छायांकन सुरु भएको एक साता भैसकेको छ । चलचित्रको यो गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको छ । छायांकनमा पुगेका संगीतकार पोखरेलले गीतले खोजे अनुसारको दृश्य भएको भन्दै खुशी व्यक्त गरे । चलचित्रमा कृष्ण श्रेष्ठको छायांकन, मौनता श्रेष्ठको लेखन, अनमोल शर्माको मुख्य सहायक निर्देशन छ ।‘बाउन्सर’ को कथाबस्तुमा आधारित रहेर तयार भइरहेको यो चलचित्र चैतको अन्तिम साताबाट प्रदर्शनमा आउने निर्माणपक्षको भनाई छ । सुष्मा कार्कीको माग पछिल्लो समयमा नायिका भन्दा पनि आइटम गर्लको रुपमा बढिरहेको छ ।source online news 





प्रतिक्रिया दिनुहोस्...