यौन व्यवसायमा संलग्न रहेका ६ जना रंगेहात पक्राउ



झापा, झापा जिल्लामा यौन व्यवसायमा संलग्न रहेको आरोपमा २ वटा होटलबाट त्यसका सञ्चालक सहित ६ जना मानिसहरूलाई प्रहरीले पक्राउ गरेको छ।


इलाका प्रहरी कार्यालय विर्तामोड झापाले स्थानीय सिक्किम होटलका सञ्चालक सन्तोष गजमेर सहित ६ जनालाई पक्राउ गरेको जनाएको छ । उनीहरु युनिक र सिक्किम होटलमा आपत्तिजनक अवस्थामा रंगेहात पक्राउ परेका थिए । प्रहरीले केही दिनदेखि चितवन, धरान र पोखरा र राजधानीबाट ती होटलहरूमा बीस बाइस बर्षका केटीहरू राखेर होटल संचालक गजमेरले यौन व्यवसाय सञ्चालन गर्ने गरेको भन्ने गोप्य सूचना पाएको थियो । जसका आधारमा यहाँ छापा मारिएको प्रहरीले जनाएको छsourcnepalkhabarsate




प्रतिक्रिया दिनुहोस्...