यसरि बनाउने भयो शुक्र ग्रहको बादलमा शहर बनाउने नासाको योजना !!!



सौर्यमण्डलमा पृथ्वी बाहेकका ग्रहहरुमा सबैभन्दा बढि खोज अनुसन्धान भैरहेको ग्रह मंगल हो । मंगल ग्रहमा जीवनको सम्भावना रहेको अनुमानमा वैज्ञानिकहरुले आफ्ना अन्तरीक्ष सम्बन्धि खोज अनुसन्धान केन्द्रित गरिरहेका छन् ।

मंगल ग्रहमा खोज अनुसन्धान गर्ने मामिलामा अमेरिकी अन्तरीक्ष संस्था नासा अग्रस्थानमा छ । साँच्ची, पहिलो दृष्टिमा मंगल वैज्ञानिकको रोजाइमा नपर्नुपर्ने हो र शुक्र ग्रह रोजाइमा पर्नुपर्ने हो । किनकी शुक्र ग्रह पृथ्वीबाट सबैभन्दा नजिक छ र मंगल ग्रहभन्दा आधा कम दूरीमा रहेको छ ।
यतिमात्र होइन शुक्र ग्रह पृथ्वीको जुम्ल्याहा ग्रह पनि हो र आकार पनि लगभग बराबर छ । यसको घनत्व र रसायनिक संरचना पनि लगभग उस्तै छ । तर, यति हुँदाहुँदै पनि यो ग्रहको सतहको प्रतिकुलताका कारण शुक्र ग्रह नितान्त रुपमा भ्रमणका लागि अति नै अयोग्य छ । यसअघि शुक्र ग्रहमा पठाइएका यानहरु केवल २ घण्टामै ध्वस्त भए । शुक्र ग्रहमा यसरी यानहरु ध्वस्त भैहाल्नुका केही कारणहरु छन् । पहिलो कारण हो उच्च वायुमण्डलीय चाप जुन पृथ्वीको भन्दा ९२ गुणा बढि छ ।

 तापक्रम पनि निकै उच्च अर्थात् ४६२ डिग्री सेल्सियस औषत छ । यो ग्रहमा ज्वालामुखीजन्य गतिविधि पनि निकै उच्च मात्रामा भैरहन्छ । निकै घना वायुमण्डमा अधिकांस मात्रामा कार्वनडाइअक्साइड, थोरै नाइट्रोजनका साथै सल्फ्युरिक अम्लयुक्त बादलको पत्र समेत रहेकेा छ । यावत तथ्यहरुले के भन्छ भने शुक्र ग्रह विदा मनाउन जाने गन्तव्यमा पर्दैन । सतहको अवस्था प्रतिकुल भएर के भो त ? नासाले यसको विकल्प खोजिरहेको छ । नासाका वैज्ञानिकहरुले दी हाइ अल्टिच्युड भेनस अप्रेसनल कन्सेप्ट अर्थात् ह्याभोक नामको काल्पनिक अन्तरीक्षयानको डिजाइन गरेका छन् ।

नासाको प्रणाली विश्लेषण तथा अवधारणा निर्देशनालय अन्तरगतको वैज्ञानिक टोलीले शुक्र ग्रहको खोजीका लागि शुक्रयानको यस्तो डिजाइन बनाएको हो । हावा भन्दा पनि हलुका उक्त रकेट शुक्र ग्रहको सल्फ्युरिक अम्लयुक्त बादलमाथि झण्डै ३० दिनसम्म तैरिनेछ । त्यसरी बादलमाथि तैरिएको यानमा बसेका अन्तरीक्षयात्रीहरुले शुक्रग्रहको वायुमण्डका विषयमा विभिन्न तथ्याङ्क संकलन गर्न सक्नेछन् । शुक्र ग्रहको सतहमा मानिस रहन सम्भव छैन, ध्वस्त पारिहाल्छ । तर सतहभन्दा ५० किलोमिटर उचाइमा वादलमाथि भने पृथ्वीको जस्तै अवस्था हुनेछ । त्यहाँको वायुमण्डलीय चाप पृथ्वीकै हाराहारीको हुनेछ भने गुरुत्वाकर्षण केही कम हुनेछ ।

 यस्तो अवस्थामा अन्तरीक्षयात्रीहरु लामो समयसम्म रहन सम्भव हुनेछ जुन शुन्य गुरुत्वाकर्षण भएको जेरो जी क्षेत्रमा रहँदा विभिन्न समस्या उत्पन्न हुन्छन् । शुक्र ग्रहको बादलमाथि तापक्रम भने ७५ डिग्री सेल्सियस हुनेछ जुन सामान्य तापक्रम भन्दा निकै उच्च हो तथापि त्यसलाई व्यवस्थापन गर्न सकिनेछ । उक्त उचाइमा वायुमण्डलले शौर्य विकिरणबाट भने सुरक्षा गर्नेछ र त्यहाँको शौर्य विकिरण क्यानडामा बस्नु जस्तै हुनेछ । नासाको यो शुक्र अभियानको सुरुवातमा प्रारम्भिक चेकजाँच तथा अनुसन्धानका लागि शुक्र ग्रहमा रोबोट पठाइनेछ ।

 रोबोटिक प्रोबबाट डाटा प्राप्त भएपछि मानवयुक्त यानले शुक्र ग्रहको आकाशमा तैरिएर ३० दिन बिताउनेछ । त्यसपछिको मिसनमा दुइ सदस्यीय अन्तरीक्षयात्री समूह हरेकले एक वर्ष शुक्रग्रहमा बिताउने योजना छ । नासाको अन्तिम उद्धेश्य भनेको शुक्र ग्रहको बादलमा तैरिने सहर बसाएर स्थायी रुपमा मानिसलाई बसाल्ने नै हो ।source:aajakokhabar




प्रतिक्रिया दिनुहोस्...