मेरो पालो पुग्यो, अब अनमोलले सम्हाल्छ : भुवन केसी



आफ्नो छोरा अनमोल केसीको दोस्रो फिल्म ‘जेरी’ हेरेका भुवन केसी छोराको कामप्रति सन्तुष्ट छन् । ‘छोराको फिल्म हेरेपछि मैलै पनि आफ्ना पालाका कतिपय कुरा सम्झें ।’


अनलाइनखबरसँग कुुरा गर्दै भुवनले भने । भुवनको भनाइ अनुसार अब उद्योगको काम सम्हाल्ने जिम्मा अनमोलहरुकै हो । ‘अब उद्योग धान्ने अनमोलहरुले नै हो । मैले जति गर्नु गरेँ, हाम्रो पुस्ताले त हेर्छ मात्रै ।’ उनले आशाबादी हुँदै भने । पछिल्लो समय आएका संयम पुरी, गौरब पहाडी, सलोन बस्नेत लगायतले राम्रो काम गरेको देखेका भुवन बुढाहरुको दिन गयो भन्न लजाउँदैनन् । छोराको फिल्म हरेर रचनात्मक प्रतिक्रिया दिने गरेका भुवनले कहिल्यै यस्तो गर उस्तो गर भनेर छोरालाई दबाब दिने गरेका छैनन् । फिल्मको विषय अनमोल आफैले छान्ने गरेको जानकारी दिए ।
source:onlinekhabar




प्रतिक्रिया दिनुहोस्...