रेखालाई उडाउन हेलिकप्टर भाडामा
मंसिर १५ गते काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा ‘कामना फिल्म अवार्ड’को रमझम चलिरहँदा नायिका रेखा थापा भने त्रिभुवन विमानस्थलबाट भक्तपुरको तेलकोट डाँडासम्म हेलिकप्टरमा उड्दै थिइन् ।
रेखाका लागि मात्र भाडामा लिइएको यो हेलिकप्टरले केही सयम एयरपोर्टदेखि तेलकोट डाँडाँसम्मको चक्कर मा¥यो । रेखाको कुनै व्यक्तिगत कामका लागि हेलिकप्टर भाडामा लिइएको भने होइन । सविर श्रेष्ठको निर्माण एवं निर्देशनमा बनेको चलचित्र ‘तथास्तु’को एक दृश्य खिच्नका लागि हेलिकप्टर भाडामा लिइएको हो ।
rekha-kisor-in-helicopter
चलचित्र प्रदर्शनको एक महिना अगाडि खर्च गरेर किन यस्तो दृश्य खिचियो भन्ने बारेमा निर्माणपक्षले केही बोलेको छैन । रेखाको भूमिकाको गोपनियता नखुलोस् भन्नका लागि मिडियालाई खबर गरिएको थिएन ।
निर्देशक सविर श्रेष्ठले रेखा थापा र किशोर खतिवडा विचको एक दृश्यमा हेलिकप्टर प्रयोग गरेका हुन् । नारी द्वन्द्वप्रधान चलचित्रमा रेखा थापा, किशोर खतिवडा, विज्ञान जोशी मुख्य भूमिकामा छन् । चलचित्रमा बसन्त सापकोटाको संगीत, बाबु श्रेष्ठको छायांकन छ । चलचित्रको ‘कहिले माया स्याड फेस’ बोलको गीत चर्चित छ ।
