हर्षको बिहे २० करोडको, जन्ति जानेले तीन जोर लुगा व्यवस्थापन गर्नुपर्ने
काठमाडाैं, १७ मंसिर ।
गरिब र मध्यमवर्गीय नेपालीले सोच्नै नसक्ने गरी नेपालका एक व्यापारीले आफ्ना छोराको बिहेमा २० करोड खर्च गदैछन् ।
भारु (नगद ६ करोड तिलकबापत पाउँदैछन् । केटीका बाबु विश्वविख्यात बनारसी साडीका अग्रणी व्यवसायी र टेक्स्टायल कारखानाबाट सारा भारतलाई आफूतिर खिच्न सफल व्यापारी हुन् । विवाहका लागि काठमाडौंबाट ८० जनाको जन्त जाँदैछ, गोवामा । उनीहरु जहाज चार्टर गरेर जाँदैछन् । यहाँबाट जाने, खाने, बस्ने र र्फकने खर्च सबै केटी पक्षले बेहोर्ने भएको छ ।
निमन्त्रणाका लागि पनि पाँच हजार रुपैयाँ पर्ने महँगो कार्ड छापिएको छ । कार्ड व्यवसायीका अनुसार उक्त कार्ड भारतमै बनाइएको हो । नेपाली बजारमा त्यस्तो कार्ड प्रयोगमा आएको छैन् । निम्तालुलाई तीन जोर लुगा व्यवस्थापन गर्न पनि निमन्त्रणा पत्रमा भनिएको छ । जनआस्था साप्ताहिकमा खबर छ
