बिहेपूर्वको सेक्स समझदारीको कुरा हो – बिनिता बराल



चपली हाईट मार्फत नेपाली सिने जगतमा उदाएकी नायिका बिनिता बराल अहिले सिनेकर्मी भन्दा पनि अर्गानिक किसानका नामले बढि चर्चामा छिन् ।

कृषिलाई सम्मानित पेशा बनाउने अभियानमा लागि परेको बताउने बरालले हाल काठमाडौको टोखामा १० रोपनी जग्गा भाडामा लिएर प्राङ्गारिक खेती सञ्चालन गरिरहेकी छन् भने काठमाडौंकै लाजिम्पाटमा बिनिदि अर्गानिक पसल समेत सञ्चालनमा ल्याएकी छन् । अर्गानिक खेती अभियानमा समेत लागेकी अभिनेत्री बरालसँग आदर्श नेपालले गरेका संक्षिप्त कुराकानीः  सुटिङमा भन्दा बढी कृषी फर्ममा बढी भेटिनुहुन्छ नि आजकाल तपाईं यसको कारण के होला ? कृषीमा बढी सन्तुष्टी पाएर होला । बिनिता फिल्म नपाएर खेतीपातीमा लागेको भन्नेहरु पनि छन् नि यसबारे तपाईं के भन्नुहुन्छ ? हाम्रो देश कृषीप्रधान भएको कारण कसैले यसो भन्छन् झैँ लाग्दैन यदि कसैले भन्यो भने पनि त्यो तुच्छ काम हो । तपाईंलाई कृषकभन्दा आनन्द आउँछ कि कलाकारभन्दा आनन्द आउँछ ? सुटिङमा हुँदा कलाकार भन्न र फर्ममा हुँदा कृषक भन्न आनन्द आउँछ । कृषीमा सरकारले दिने भनेको ऋण वास्तविक किसानसम्म पुग्दैन रे नि ? यसमा तपाईंको भोगाई के छ ? सहि हो, अनुदान र सहयोगहरु विभिन्न शिर्षकमा आउँछन् तर सरकारी लापरवाहिका कारण लिन गाह्रो छ । पछिल्लो समय सरकारले युवा कृषकहरुलाई प्रोत्साहन गर्दै आएको कुरा पनि नकार्न सकिँदैन ।   तपाईं उपन्यास लेखनमा लागिरहनु भएको छ भन्ने सुनिन्छ । उपन्यास सफल हुन्छ भन्नेमा चाँहि पाठकहरुले कसरी विश्वास गर्ने त ? नौलो कोसिस हो, बिनिता बरालले लेखेको एकचोटी पढिहेर्दा के फरक पर्छ र ? मेरो उपन्यास लेखनको मुख्य उद्देश्य भनेको देशको युवापुस्तालाई कृषीमा जिवन देखाउनु र हाम्रो जिवनको अभिव्यक्त गरेको मात्र हो ।  कहिले फिल्म भन्नुहुन्छ ? कहिले कृषी भन्नुहुन्छ ? कहिले उपन्यास भन्नुहुन्छ ? उमेर गाको मेसो नै पाउनु भएको छैन कि क्या हो ? उमेर अनुसारको काम नै गरेको जस्तो लाग्छ । उपन्यास लेखन मेरो लागि सबैभन्दा बौद्धिक र परिपक्क काम हो जस्तो लाग्छ ।  उमेर त भयो क्यारे बिहेको बारेमा के सोच्नुभाछ कि लभसबको चक्करमा हुनुहुन्छ ? सिधा भन्नुपर्दा तत्काल बिहे गरिहाल्ने मनस्थितीमा छैन । तर म कसैको मायामा भने छु, सत्य कुरा यहि हो ।  तपाईंलाई सबै दर्शकहरुले सेक्सी हिरोईन भन्छन् तपाईंलाई चाँही आफ्नो के सेक्सी लाग्छ ? मलाई मेरो आँखा सेक्सी लाग्छ ।  बिहेपुर्वको सेक्सलाई तपाईंले कसरी लिनुभएको छ ? त्यो आपसी समझादारीको कुरा हो । अन्त्यमा दर्शक ,पाठकहरुलाई केहि भन्न चाहनुहुन्छ ? मैले उपन्यास मनैदेखी लेखेको छु , पढिदिनु हो
source:onlinekhabar




प्रतिक्रिया दिनुहोस्...