मध्यरातमा बालुवा गिटी चोर्न जाँदा ट्याक्टर ड्राइभरको मृत्यु, ४ घाइते



नेपालगन्ज : मध्यरातमा बालुवा गिटी चोर्न जाँदा ट्याक्टरका सहचालकको मृत्यु भएको छ। अन्य चारजना घाइते भएका छन्।


सोमबार राति साढे एक बजेतिर बाँकेको टिटिहिरिया १ मा भएको ट्याक्टर दुर्घटनामा बर्दियाको मोतिपुर ५ का सहचालक २५ वर्षीय टिका सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय धनौली खजुराका प्रहरी निरीक्षक भरतसिंह राठौंरले जानकारी दिए। सहचालक सुनारको ट्याक्टरको मेसिनले किच्चिएर मृत्यु भएको निरीक्षक राठौंरले बताए।

टिटिहिरियाबाट सम्झना चौकतिर जॉंदै गर्दा भे १ त ५९१५ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। स्थानीय मान खोलामा बालुवा गिटी चोर्न गएको बेला दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक राठौरले बताए। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य घाइते सामान्य उपचारपछि घर गएका छन्।
source:web side vitrako web side




प्रतिक्रिया दिनुहोस्...