प्रेमिकाले लगाइन प्रेमीलाई आगो’
नेपालगन्ज, कात्तिक २५ – बाँकेको नेपालगञ्जमा प्रेमिकाले आफ्नै प्रेमीलाई मट्टितेल छर्केर आगो लगाइदिएकी छन् ।
शुक्लाको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचार भैरहेको छ । शुक्लाका अनुसार नेपालगन्ज–६ की निलम सोनी उर्फ सोनारीले सोमबार राति मट्टितेल छर्केर आगो लगाएकी हुन् । शुक्लासँगै अस्पतालमा रहेकी आमा फुलमतीका अनुसार निलमले लामो समयदेखि सम्पत्ति आप्mनो नाममा गरिदिन दबाब दिँदै आएकी थिइन ।
शुक्लाको शरीरको बिच भाग छाती, अनुहार सहित ३३ प्रतिशत भागमा आगोले पोलेको छ । शुक्ला रिक्सा चालक हुन् । शुक्लाकी प्रेमिका भनिएकी निलमका श्रीमानको मानसिक सन्तुलन ठिक नभएको र उनका ६ जना बालबच्चा रहेको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक हेमबहादुर शाहीले शुक्ला परिवारको दाबी अनुसार निलमलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । प्रहरी नियन्त्रणमा रहेकी निलमले आफूले शुक्लालाई नजलाएको र शुक्ला आफैले आत्म हत्या गर्न खोजेको बयान दिएकी छन् ।
