दूध बोक्ने ट्यांकरबाट गाँजा बरामद



२० कात्तिक । मकवानपुर प्रहरीले दूधको ट्यांकरबाट बुधबार बिहान भारीमात्रामा अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।

प्रहरीले हेटौँडा औद्योगिक क्षेत्रमा दूध ल्याउने भारतीय प्लेटको बिआर–१ एमडी ३६०७ नंको १२ चक्के ट्यांकरबाट गाँजा बरामद गरेको हो । प्रहरीले अन्दाजी करिब १५ लाख रूपैयाँ बराबर पर्ने अवैध लागूऔषध गाँजा बरामद गरेको जनाएको छ ।GAJA PHOTO1ट्याकंरमा निषेधित गाँजा दुई क्विन्टल ५० केजी राखी रक्सौलतर्फ लैजाने क्रममा भारतीय चालकसहित चारजनालाई प्रहरीले मनहरीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक दीपक थापाले जानकारी दिए ।
ट्यांकर चालक भारत उत्तरप्रदेश बस्ने २८ वर्षीय मोहम्मद जाबेद र सहचालक भारतको फूलबारिया बस्ने २४ वर्षीय धीरज पासवानलाई मनहरीबाट अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । अवैध गाँजा भारततर्फ निकासी गर्ने क्रममा ट्यांकरलाई बाटो देखाउने र चालकलाई सुरक्षा दिने कार्यमा संलग्न भएको आशंकामा मनहरि गाविस– ३ बस्ने १९ वर्षका सन्तोष तामाङ र हाँडीखोला गाविस– ७ बस्ने वर्ष २६ का राम वाइवालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

मनहरी आसपासबाट लागूऔषध गाँजा लोड गरी भारततर्फ लैजाँदै गरेको भन्ने विशेष सूचनाको आधारमा चेकजाँच गर्दा १० केजीका दरले २५ वटा पोकामा रहेको गाँजा मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी नायव उपरीक्षक थापाको कमाण्डमा खटिएको टोलीले सूचनाको आधारमा पिछा गर्दै जाँदा बुधबार बिहान सवा ३ बजे नियन्त्रणमा लिएको हो । प्रहरीले ना १७ प ५२१२ नम्बरको मोटरसाइकल र ट्याङकरलाई हेटौंडा नगरपालिका वडा नं।१७ चुरे डाँडानजिक सडकमा घेरा हाली ट्यांकरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले मोटरसाइकल गाँजा भारत छिराउनको लागि स्कटिङमा रहेको बताएको छ । पक्राउ गरी लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।source os khabar




प्रतिक्रिया दिनुहोस्...