बलिङमा चम्किएपछि नेपालको लगातार तेस्रो जित, मलेसिया ५३ रनले पराजित !



कुवेत, कात्तिक २६– कुबेतमा जारी एसीसी अन्डर १९ प्रिमियर लिग क्रिकेटको तेस्रो खेलमा पनि नेपाल विजयी भएको छ ।
यसअघि कुवेत, साउदी अरेबियालाई भारी अन्तरले हराउन सफल नेपालले आज मलेसियालाई ५३ रनले पराजित गरेको हो । मलेसियाविरुद्ध पहिले ब्याटिङ गरेको नेपाल खराब प्रदर्शन गर्दै १ सय १५ रनमा सीमित भएपनि बलिङमा चम्किएपछि अपराजित यात्रा कायम राख्न सफल भयो । १ सय १६ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको मलेसिया ३० दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै ६२ रनमा समेटियो । मलेसियाको एकपछि अर्को विकेट ध्वस्त पार्ने क्रममा नेपालका अर्जुन चापागाइले ३, सुशील कँडेल र सौरभ खनालले समान २–२ विकेट लिए भने सुनिल धमला, दीपेन्द्रसिंह ऐरी, प्रेम तामाङले समान १–१ विकेट लिए ।kubwtmaमलेसियाका अनुवार रहमानले सर्वाधिक ३३ रन जोड्नु बाहेक अन्य ब्याट्स म्यानले दोहोरो अंक छुन सकेनन् । कुवेत सिटीको ट्याकटेक खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालमाथि मलेसियाका बलरहरुले शुरु देखि नै दबाबमा राखेका थिए । उनीहरुले नेपाली ब्याटस्म्यानलाई खेल अवधिभर खुलेर खेल्ने मौका नै दिएनन् । नेपालले २५ ओभरमा ६८ रन बनाउँदै ५ विकेट गुमाइसकेको थियो । कप्तान राजु रिजालले मात्र मलेसियाका बलर सामु केही टिकेर खेलेका थिए । उनले सर्वाधिक ३९ रन बनाए । अन्ततः ४० ओभरमा अलआउट हुँदै नेपाल १ सय १५ रनमा सिमित बनेको हो । नेपालका लागि सुनिल धमला र प्रेम तामाङले क्रमशः १९ र १६ रन बनाएका थिए । नेपालका ६ जना ब्याटस्म्यानले दोहोरो अंक समेत जोड्न सकेनन् । मलेसियाका लागि विरान्दीप सिंहले ३ तथा अनवर रेहमान, पवन दीप सिंह र मोहमद हफिजले २–२ विकेट लिए ।




प्रतिक्रिया दिनुहोस्...